आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०४:२७

Logo

खेलकुद

Image

भुजिकोटको पर्यटन बिकासको लागि उकालो दौड

शिव आले मगर , दुलेगौँडा :- तनहुँको शुक्लागण्डकीमा भुजिकोट उकालो दौड प्रतियोतीता हुने भएको छ । दौड प्रतियोगीता पुथ्वीमा राजमार्ग अन्तर्गत कोत्रे बजार देखि सुरु भई पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको भुजिकोट मा गएर अन्तय हनेछ । करिब ६ कीलोमीटरको दौड प्रतियोगीतामा पुरुष तर्फ ३० वर्ष भन्दा माथिका उमेर समुहले प्रतिस्पर्धा गर्न पाउने छन् ।प्रथम , द्दितीय र तृतिय हुनेले  क्रमश १० हजार ,७ हजार र ३ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगीता १०० जनाको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । अहिले सम्म नेपाली सहित भारत र इजरायलका गरि ५६ जनाले नाम दर्ता गरि सकेका छन् ।त्यो मध्ये १ जना ८० वर्षिय वुद्ध र ५ जना ६० वर्ष भन्दा माथिको रहेको प्रतियोगीताका संयोजक खेम गुरुङ्गले जानकारी दीए । यता महिला तर्फ भन्ने १८ वर्ष माथिकाले सहभागिता गर्न पाउनेछन ।


 महिला तर्फ प्रथम , द्दितीय र तृतिय हुनेले  क्रमश ५ हजार ,३ हजार र २ हजार को साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् ।" स्वास्थ्यका लागि दौडौँ ,विकासका लागि दौडौँ  "भन्ने मुल नारा  सहित हुन लागेको प्रतियोगीता २०७५ साल वैशाख १ गते विहान ८ बजे बाट सुरु हुने बिहीबार  पत्रकार सम्मेलन गरि जानकारी दीइएको हो ।   दौड प्रतियोगीता विशेष गरि शुक्लागण्डकी २ भित्र रहेका धार्मिक स्थलहरु , रमणिय गाउँ भुजिकोट ,दगाम ,स्थानथोक राङ्गदीझुप्रुङ्ग प्रचार गरि आन्तरिक तथा बाह्रय पर्यटन प्रवद्धन गर्ने ,लोक संस्कृतिको संरक्षण ,व्यतिm बिचको सम्बन्ध प्रगाढ गराउने ,खेलकुदको माध्यमद्धारा कुलत बाट हटाउने  आयोजकको लक्ष्य रहेको छ । भैरव युवा क्लब शुक्लागण्डकी २ को आयोजनामा प्रतियोगीता हुन लागेको हो ।पत्रकार सम्मेलनमा  बोल्दै शुक्लागण्डकी नगरपालिका वडा नं २ का अध्यक्ष जगत बहादुर गुरुङ्गले त्यहाँ बाट मनोरम हीम शुङ्गखलाहरु सँगै प्रदेश नं ४ का अधिकाश ठाउँहरु देखिने हुँदा उक्तm क्षेत्रलाई उत्कुष्ट पर्यटन गन्तmव्य क्षेत्र बनाउन लागि पर्ने उनले बताए ।क्लबका अध्यक्ष लेख बहादुर गुरुङ्गको अध्यक्षतामा भएको उक्तm कार्यक्रमको सञ्चालन दौड प्रतियोगीताका सह संयोजक तिर्थ राज खनालले गरेका थिए ।