आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२७

Logo

स्थानीय

Image

दुलेगौँडा बजारबाट जफत गरिएको फलफुल तथा सामाग्री नष्ट गरियो 

दुलेगौँडा ।
गत चैत्र २० गते दुलेगौँडा बजारबाट जफत गरिएको तरकारी लगायतका फलफुल तथा सामाग्री वडा नं ४ ले मंगलबार नष्ट गरेको छ । वडाले सरकारको नीति अनुसार ८२ फुट भित्र संचालन गरिएका फुटपाथ तथा ठेला व्यवासाय हटाउन १५ दिने सुचना जारी गरेर सचेत गराएको थियो ।तर तोकिएको समयसीमा भित्र पनि व्यवसाय संचालन गर्ने व्यवसायीहरुको सामान जफत गरिएको थियो । उक्त सामाग्रीमध्ये काक्रो १९ किलो ५० ग्राम ,अंगुर १ किलो ५० ग्राम ,सिप्लिगान साग ३ मुठा र ३ पोका पोलिथिनको झोलालाई खाल्डो खनेर पुरिएको हो । वडाध्यक्ष शिव कुमार श्रेष्ठ,उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका सभापति राज कुमार वाग्ले ,स्थानिय आमा समुह ,युवा क्लब ,टोल विकास संस्था ,खानेपानी संस्था ,प्रहरी तथा पत्रकार लगायत सरोकारवाला निकायका एक टोलीको रोहबरमा सामान नष्ट गरिएको हो ।   

 

 


त्यस्तै सरसफाई अभियान तथा अनुगमनको बेला जफत गरिएको ठेला तथा होडिङ्ग बोर्डको विषयमा जरिवाना सहित फिर्ता वा लिलाम गर्ने भन्नेबारे छलफल गरिएको भए पनि तत्काललाई नगरपालिकाको मातहतमा रहने गरी सुरक्षित राख्ने निष्कर्ष निकालिएको थियो ।
वडाध्यक्ष शिव कुमार श्रेष्ठले आफु वडालाई नमुना बनाउने अभियानमा लागेको भन्दै वडावासी ,संघ संस्था ,बुद्धिजिवीहरुको सुझाव सल्लाह अनुसार अगाडी बढ्ने बताए ।उनले दुलेगौँडा बजारलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले सरसफाई अभियान चलाएको बताए । यदि कोहि कसैले अटेर गरी नियम मिचेर व्यवसाय गरे कानुनी कारवाही थाल्ने चेतावनी दिए ।