आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५५

Logo

खेलकुद

Image

शुक्लागण्डकी बनकेवामा भोलि देखि वडास्तरीय भलिबल प्रतियोगीता हुने

दुलेगौँडा ।
वनकेवा युनाइटेड युथ क्लब शुक्लागण्डकी-३ वनकेवाको आयोजनामा बुधबार देखि साविक गााँउ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ । प्रतियोगीताको बुधबार विहान १० बजे शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले प्रतियोगीताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 


प्रतियोगीतामा प्रथम हुनेले नगद ४५ हजार ,द्धितीय हुनेले २५ हजार र तृतिय हुनेले १० हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।साथै प्रतियोगीतामा उत्कृष्ट खेलाडी ,ब्लकर ,सुटर ,लिफ्टर र डिफेन्डरलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष राजिव सुवर्णकारले जानकारी दिए । प्रतियोगीतामा सहभागीताको लागि ३ हजार ५ सय दर्ता शुल्क बुझाउनु पर्ने छ । खेल बनकेवा खेल मैदानमा हुने छ भने प्रतियोगीताको फाइनल बैशाख १ गते गर्ने आयोजकले जनाएको छ ।  
प्रतियोगीतामा विभिन्न स्थानका गरी करिब २० टिमको सहभागीता रहने खेल संयोजक क्षेत्र बहादुर थापा क्षितिजले बताए ।क्लबले नयाँ बर्षको अवसर पारी युवालाई लक्षित गरी खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको हो ।प्रतियोगीतामा रेडियो ढोरबाराही १०३.८ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहेको छ ।