आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४३

Logo

खेलकुद

Image

शुक्लागण्डकी बन्केवामा गाँउ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगीता शुरु 

दुलेगौँडा ।

बन्केवा युनाइटेड युथ क्लब शुक्लागण्डकी-३,बन्केवाको आयोजनामा बुधबार देखि साविक गाँउ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगीता शुरु भएको छ । प्रतियोगीताको शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले रेफ्री कविता गुरुङलाई बल हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन् ।
सो अवसरमा बोल्दै उपमेयर रसाइलीले खेलकुदको माध्यमबाट युवाहरुलाई एकिकृत गरी शुक्लागण्डकीको विकासका कार्यहरुमा लगाउनु पर्ने बताइन् । उनले खेलाडीहरुलाई अनुशासित ढङ्गले खेल प्रर्दशन गर्न सुझाव दिदैँ नगरपालिकाले खेलकुदको विकासको लागि विशेष महत्व दिएको बताइकी थिइन् । 

 

 

 


कार्यक्रममा वडा नं -३ का वडाध्यक्ष राम कुमार श्रेष्ठले राष्ट्रको विकास र स्वास्थ्यको लागि खेलको महत्व दर्शाउँर्दै  आगामी बजेटमा खेलकुदको शीर्षकमा बजेट बढाउने आश्वासन दिएका थिए । त्यस्तै शुक्लागण्डकी जेसिजका पुर्व अध्यक्ष विनोद राउत र प्रतियोगीताका मुल संयोजक क्षेत्र बहादुर थापा क्षितिजले खेलले खेलाडीबीच आपसी सद्भाव कायम गराउने बताउँदै स्थानिय स्तर देखि नै खेलको विकासका लागि स्थानिय सरकारले विशेष जोड दिनु पर्ने बताएका थिए । क्लबका अध्यक्ष राजिव सुर्वणकारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानिय कमल थापाले गरेका थिए ।


बुधबार आयोजक बन्केवा युनाइटेड युथ क्लब बी र कवासे क्लब बीचको खेल स्थगित भएको छ । पहिलो सेटको खेल भइरहदाँ बर्षा भएपछि रेफ्रिले खेल स्थगित भएको घोषणा गरेका थिए । स्थगित खेल विहिबार विहान ८ बजेबाट खेलाइने आयोजकले जनाएको छ । 


प्रतियोगीतामा प्रथम हुनेले नगद ४५ हजार ,द्धितीय हुनेले २५ हजार र तृतिय हुनेले १० हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।साथै प्रतियोगीतामा उत्कृष्ट खेलाडी ,ब्लकर ,सुटर ,लिफ्टर र डिफेन्डरलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष राजिव सुवर्णकारले जानकारी दिए । प्रतियोगीतामा विभिन्न स्थानका गरी करिब २० टिमको सहभागीता रहने खेल संयोजक क्षेत्र बहादुर थापा क्षितिजले बताए ।क्लबले नयाँ बर्षको अवसर पारी युवालाई लक्षित गरी खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको हो ।प्रतियोगीतामा रेडियो ढोरबाराही १०३।८ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहेको छ ।