आजको मिती : २०७५ बैशाख ६ बिहीबार

समय :०३:२६

Logo

स्थानीय

Image

महिलाहरुलाई उद्घोषण तथा नेतृत्व विकास तालिम

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी-४ ,दुलेगौँडामा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम विहिबार सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं-४ ले महिला लक्षित कार्यक्रम अन्र्तगत महिलाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले वडा भित्रका विभिन्न आमा समुहहरुको लागि रकम विनियोजन गरेको थियो ।सोहि कार्यक्रम अन्र्तगत दुलेगौँडा गणपति तमु समाज तथा दुलेगौँडा तमु ह्युला आमा समुहको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो ।
तालिम समापन समारोहमा बोल्दै वडाध्यक्ष शिव कुमार श्रेष्ठले यस बर्षको महिला लक्षित कार्यक्रम सफल भएको दाबी गर्दै उद्घोषण तालिमपछि महिलाहरुमा परिर्वतन पाएको बताए । उनले सिकेको ज्ञानलाई आत्मासात् गर्दै अगाडी बढ्न सुझाव दिएका थिए ।

 

 

 

 

वडाध्यक्ष श्रेष्ठले आफु आगामी ४ बर्षभित्र वडालाई बेरोजगारमुक्त वडा बनाउने अभियानमा लागेको बताए । उनले चालु आर्थिक बर्षमा विज्ञ समुहसंग छलफल नगरीकन हतारमा बजेट निर्धारण गरिएको उल्लेख गर्दै आगामी बजेटमा विशेष विज्ञ समुहसंग बसेर दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्य योजना ल्याउने बताए ।

कार्यक्रममा वडा सचिव कल्पना गैह्रे,तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषदका तनहुँका अध्यक्ष खेम राज गुरुङ, वडासदस्य कृष्ण बहादुर गुरुङ, प्रशिक्षकद्धय गोविन्द सिंजाली थापा र राज कुमार आले लगायतले बोलेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 


कार्यक्रममा प्रशिक्षार्थीहरुले आफ्नो अनुभव सुनाउँर्दै तालिमले आफुहरुको आत्मबल बढेको बताउँदै आगामी दिनमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै लैजाने बताए । तालिमबाट आफुहरुले धेरै कुराहरु सिकेको र महिला चुलोचौकोमा सिमित नभएर बाहिर निस्कनु पर्ने बताएका थिए ।  आमा समुहकी अध्यक्ष राम कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रशिक्षार्थीहरुले संचालन गरेका थिए भने विविध साँस्कृतिक प्रस्तुती समेत राखेका थिए । चैत्र २२ गते देखि संचालनका गरिएको तालिमका लागि वडाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।