आजको मिती : २०७५ मङ्सिर ४ मंगलबार

समय :०२:०९

Logo

स्थानीय

Image

म्याग्दे गाउँपालिका थाङ्गदीमा कान्छी बाराही साँस्कृतिक कार्यक्रम सम्पन्न 

दुलेगौँडा । 

तनहुँको म्याग्दे गाउँपालिका-५ ,थाङदीस्थित कान्छी बाहारी मन्दिर परिसरमा शनिबार विविध साँस्कृतिक कार्यक्रम सहित नयाँ बर्ष मनाइएको छ । दैवी शक्ति तथा प्राकृतिक एवं धार्मिक दृष्टिले पर्यटकिय सम्भावनायुक्त मन्दिरको संरक्षण एवं प्रचार पसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दे गाँउपालिका प्रमुख माया राना लगायतले कान्छी बाराही देवीको पुजा अर्चना गरेका थिए ।सो अवसरमा  गाउँपालिका प्रमुख रानाले धर्मको रक्षा गर्न धार्मिक स्थलहरुको संरक्षण एवं विकास गर्नु पर्ने बताइन् । धर्मले अनुशासन र नैतिकता सिकाउने बताउँदै प्रमुख रानाले प्रचार प्रसारको अभावले पछाडी परेको मठ,मन्दिरहरुको पुनरुत्थान गर्न आवश्यक रहेको बताइन् ।उनले मन्दिरको संरक्षण र विकासको लागि स्थानिय बासिन्दा नै सक्रिय भएर लाग्नु पर्ने र गाउँपालिकाले पनि सहयोग गर्ने बताइन् ।

 

 


कार्यक्रममा भिमाद नगरपालिका कार्यपालिका सदस्य बाबुाम सुनारले मन्दिरको विकासका लागि सवै मिलेर अगाडी बढ्नु पर्ने बताए । उनले मन्दिरको पुर्वधार निमार्ण तथा मन्दिर परिसर व्यवस्थित गर्न मीनदर व्यवस्थापन समितिले जेसिवी प्रयोग गर्दा लागेको खर्च करिब १ लाख २० हजार रुपैयाँ मिनाहको घोषणा गरेका थिए ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सदस्य सुभद्रा घिमिरे ,साँस्कृतिक संघका क्षेत्रीय सभापति पशुपति अर्याल ,सोम थापा ,हरिमणी प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष निरस कुमार नेपाली ,पुर्ण बहादुर मिजार ,पार्वती थापा ,लक्ष्मण थापा लगायतले बोलेका थिए ।


सो अवसरमा  चर्चित कलाकाहरु गोपाल ढकाल छन्दे , मोहन खड्का ,याम सागर वि।क, कृष्ण सुनार ,पुजा घर्ती लगायतले साँगीतिक प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए भने विभिन्न खेलकुद प्रतियोगीताहरु आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि एवं स्थानियहरुबाट २ लाख ५९ हजार रकम संकलन भएको बताइएको छ ।