आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

तनहुँ भिमादका मृगौला पिडित भरतलाई आर्थिक सहयोग

दुलेगौँडा ।
तनहुँको भिमाद नगरपालिकाका एक मृगौला पिडितलाई शनिबार आर्थिक सहयोग गरिएको छ । भिमादको वडा नं-७, जिदीखोलास्थित सिम्लेका मृगौला पिडित ४२ बर्षिय भरत रानालाई नगद ३१ हजार ६ सय ७५ रुपैयाँ हस्तान्तरण गरिएको हो । रानाको दुवै मृगौला खराब भएको छ । आम्दानीका अन्य श्रोत नभएका रानालाई औषधी खान र निरन्तर डायोलोसिस गर्न समेत आर्थिक अभाव भएपछि दुलेगौँडाका हरि कुमार श्रेष्ठले साथीभाइहरुसंग उक्त रकम संकलन गरि हस्तान्तरण गरेका हुन् ।रानाले हाल हप्तामा दुई पटक दमौली अस्पतालमा डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस निशुल्क भए पनि रगत तथा अन्य औषधीको खर्च एक पटकमै ५ हजार बराबर आउने रानाकी श्रीमती मैना रानाले बताइन् ।


वैदेशिक रोजगारीको शिलशीलामा कतार पुगेका राना अवस्थ भएपछि घर फर्किएका थिए । स्वास्थ्य समस्या भइरहेपछि स्वास्थ्य जाँच गर्दा दुवै मृगौलाले काम नगरेको पत्ता लागेको थियो ।रानाको उपचारमा हालसम्म ४ देखि ५ लाख  खर्च भइसकेको छ । यस अघि पोखरास्थित फिस्टेल र चरक अस्पतालमा डायोलोसिस गर्दै आएका रानाले गत हप्ता देखि जिल्ला अस्पताल दमौलीमा डायोलोसिस गर्न थालेका हुन् । गत पुष देखि नियमित डायोलोसिस गर्दै आएका रानाले बेलाबेलामा शरीर सुनिने ,सास फेर्न गाह्रो हुने ,तौल घटबढ हुने बताए । रानाका ३ छोरी र १ छोरा छन् भने ८८ बर्षिय र ८५ बर्षिया वृद्ध बुवाआमा छन् ।