आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५४

Logo

खेलकुद

Image

भुजिकोट उकालो दौड प्रतियोगीतामा फिरफीरे का सुक बहादुर प्रथम

वैशाख  ,दुलेगौँडा :-   प्रथम भुजिकोट उकालो दौड प्रतियोगीतामा पुरुष तर्फ शुक्लागण्डकी १२ फिरफीरे का सुक बहादुर गुरुङ्ग प्रथम भएका छन् । उनले निर्धारित ६ किलोमीटर दुरी ५४ मिनेट ३३ सेकेन्डमा पार गदै प्रथम भएका हुन् । उनले १० हजार रुपैँया प्राप्त गरे ।यस्तै शुक्लागण्डकी ४ दुलेगौँडाका कुमार थापा ५५ मीनेट ४५ सेकेन्ड मा पार गदै द्धितीय र ५६ मिनेट २८ सेकेन्ड मा दुरी पार गदै शुक्लागण्डकी १२ फिरफीरे निवासी कर्ण बहादुर गुरुङ्ग तृतिय भएका छन् र उनीहरुले क्रमश नगद ७ हजार र ३ हजार प्राप्त गरे । पुरुष तर्फ १४४ जनाको सहभागिता रहेको थियो । 
त्यस्तै गरी महिला तर्फ निर्धारीत दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्ड मा पार गदै शुक्लागण्डकी ६ की विष्षु लामिछाने प्रथम भइन । उनले नगद ५ हजार प्राप्त गरे । शुक्लागण्डकी २ ताकुडाँडाकी गीता तिवारी १ घण्टा १२ मिनेटमा दुरी पार गदै द्धितीय र १ घण्टा १५ मिनेटमा दुरी पार गदै शुक्लागण्डकी २ गाछेपानिकी सीता खत्री तृतिय भएका छन् । उनीहरुले क्रमश ३ हजार २ हजार प्राप्त गरे । भने ३१ जनाको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा ८० वर्षिय नारायणधर कुमार र ७५ वर्षिय चन्द्रीमाया राना मगरले पनि निर्धारीत दुरी पार गरेको भन्दै विशेष सम्मान गरिएको थियो । विजेता हरुलाई प्रदेश सांसद आशा कोइराला र शुक्लागण्डकी नगरपालिकाका प्रमुख  किसान गुरुङ्गले पुरस्कार वितरण गरेका थिए । 
दौड प्रतियोतीता  पुथ्वीराजमार्ग अन्र्तगत कोत्रे बजार बाट सुरु भई  पर्यटकीय हिसाबले सम्भावनायुक्तm भुजीकोटमा गएर दौड सम्पन्न भएको थियो । 
दौड प्रतियोगीता विशेष गरि शुक्लागण्डकी २ भित्र रहेका धार्मिक स्थलहरु , रमणिय गाउँ भुजिकोट ,दगाम ,स्थानथोक राङ्गदीझुप्रुङ्ग प्रचार गरि आन्तरिक तथा बाह्रय पर्यटन प्रवद्धन गर्ने ,लोक संस्कृतिको संरक्षण ,व्यतिm बिचको सम्बन्ध प्रगाढ गराउने ,खेलकुदको माध्यमद्धारा कुलत बाट हटाउने   लक्ष्य साथ नया वर्ष २०७५ सालको अवसरमा प्रतियोगीता आयोजना गरिएको हो ।भुजिकोटबाट  मनोरम हीम शुङ्गखलाहरु सँगै प्रदेश नं ४ का अधिकाश ठाउँहरु देखन सकिन्छ । प्रतियोगीता भैरव युवा क्लबको आयोजना र शुक्लागण्डकी नगरपालिका वडा नं २ को सह आयोजनामा सम्पन्न भएको हो ।