आजको मिती : २०७५ श्रावण ३१ बिहीबार

समय :०७:१९

Logo

खेलकुद

Image

बन्केवामा आयोजित भलिबलको उपाधी ठकुरी समाज बाबियो डाँडालाई

दुलेगौँडा ।

शुक्लागण्डकी-३,बन्केवामा आयोजित साविक गाउँ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी ठकुरी समाज बाबियो डाँडाले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक बन्केवा युनाइटेड युथ क्लबलाई २५-२१ र २५-१८ को सोझो सेटमा पराजित गर्दै बाबियो डाँडाले उपाधी कब्जा गरेको हो । ठकुरी समाजले उपाधी संगै नगद ४५ हजार ,ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता बनेको आयोजक बन्केवाले २५ हजारमा चित्त बुझाएको छ । प्रतियोगीतामा तृतिय बनेको कालिका युनाइटेड युथ क्लब शुक्लागण्डकी ३ कालिम¥याङ्ले नगद १० हजार ,ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगीतामा बावियो डाँडाका उत्कृष्ट सुटर विशाल सिं ठकुरी, उत्कृष्ट ब्लकर राम थापा, उत्कृष्ट लिफ्टर प्रदिप ठकुरी र कालिकाका राजेश थापा उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले आकर्षक पुरस्कार पाए ।

 


प्रतियोगीतामा विजयी क्लबलाई नेपाल उद्योग वाणिज्य संघ प्रदेश नं-४ का उपाध्यक्ष कृष्णराज पण्डित ,तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका सभापति राज कुमार वाग्ले र क्लबका अध्यक्ष राजिव सुर्वणकारले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । चैत्र २८ गतेबाट शुरु भएको  प्रतियोगीतामा १७ टिमको सहभागीता रहेको थियो ।