आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:५०

Logo

स्थानीय

Image

आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीकोे बैठकले के-के निर्णय ग¥यो (हेनुहोस्)

दुलेगौँडा ।

आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीको आइतबार पाँचौ पुर्ण बैठक बसेको छ ।बैठकले कृषि ,पर्यटन र  पुर्वाधार शुक्लागण्डकीको समृद्धिको आधार भन्ने मुल नारालाई सार्थक बनाउन नगरका जनताको आर्थिक समृद्धिका लागि महत्वपुर्ण निणर्यहरु गरेको छ । बैठकले आदिवासी जनजाति प्रतिष्ठानको विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको हो । जसमा शुक्लागण्डकी वडा नं-६ स्थित कुसे ब्यागन र पोखरी थोकका मगर समुदायलाई पशुपालनका लागि १ लाख ,वडा नं-८ स्थित तल्लो किमल डाँडा माझटारका कुमाल समुदायलाई कृषि तालिम संचालनका लागि रु १ लाख र वडा नं-१२ स्थित लामा गाउँ फिरफिरेका गुरुङ समुदायका लागि गोलभेडा खेति तालिम तथा टनेलका लागि रु १ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निणर्य गरेको छ ।
आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीका संयोजक खिम कुमालले यि कार्यक्रमहरुले सम्बन्धित समुदाय र  नगरलाई समृद्ध बनाउन सहयोग पुग्ने बताए । उनले कार्यक्रमलाई उपलब्धीमुलक बनाउन सम्बन्धित स्थानका समुदायहरुलाई सचेत पनि गराएका छन् ।

निणर्यहरु :