आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२९

Logo

स्थानीय

Image

दुलेगौँडामा काँग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ,अब काँग्रेसीहरु सच्चिनु पर्छ:- खनाल 

दुलेगौँडा ।
नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ४ ले नयाँ बर्षको अवसरमा आइतबार शुभकामना आदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित काँग्रेसका जिल्ला नेता ,भातृ संगठनका सदस्य एवं कार्यकर्ताहरुले आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।


सो अवसरमा नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि चुणामणी खनालले जनता भेटघाट कार्यक्रमहरुलाई बढवा दिनु पर्ने बताए । उनले पार्टीबाट पाएको जिम्मेवारी बोध गरेर संगठन विस्तार,बैठक सभा ,सम्मेलन र जनता एवं कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरि रहनु पर्ने बताए । खनालले काँग्रेसभित्र मेलमिलापको आवश्यकता रहेको औल्याउँदै अरुसंग भन्दा पनि पार्टी भित्रै डराउनु पर्ने अवस्थामा रहेकाले अब सवै सच्चिनु पर्ने बताए ।जिल्ला सदस्य भक्त बहादुर श्रेष्ठले पार्टीभित्र एकता जरुरी रहेको बताए ।

कार्यक्रममा वडा समितिका कोषाध्यक्ष कृष्ण प्रसाद लामिछाने ,यमलाल भण्डारी ,शिक्षक संघ शुक्लागण्डकीका अध्यक्ष नवराज लामिछाने ,लक्ष्मण श्रेष्ठ ,शुक्लगण्डकी युवा क्लबका अध्यक्ष युवराज भट्टराई ,शुक्लागण्डकी जेसिजका पुर्वअध्यक्ष विनोद राउत लगायतले शुभकामना व्यक्त गर्दै नयाँ सोच ,विचार ,चिन्तनले अगाडी बढ्नु पर्ने बताए ।

 

 

वडा सभापति शिव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा उपसभापति रोजिना खातुनले स्वागत र सचिव बसन्त कुमार श्रेष्ठले संचालन गरेका थिए ।