आजको मिती : २०७५ श्रावण ५ शनिबार

समय :०९:१६

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा लोक सेवा आयोग तयारी कक्षा शुरु,युवाहरुको आकर्षण बढ्दो

चैत्र ०४,दुलेगौँडा ।

शुक्लागण्डकी नगरपालिकामा आदिवासी जनजातिहरुलाई लक्षित गरी आयोजना गरिएको १५ दिने लोक सेवा आयोग तयारी कक्षा सोमबार देखि संचालन भएको छ । आदिवासी जनजाती प्रतिष्ठान शुक्लागण्डकीको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा तयारी कक्षा शुरु भएको हो ।उक्त कक्षाको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले देशको निजामती तथा प्रशासनिक अङ्ग लगायतका क्षेत्रमा आदिवासी जनजातिलाई सक्षम र योग्य बनाउनका लागि लोक सेवा आयोग विशेष कक्षाको व्यवस्था गरेको बताए । उनले आदिवासी जनजाति ,दलित ,सीमान्तकृत वर्गलाई प्रवद्र्धन गर्ने उद्धेश्यले राज्यले व्यवस्था अनुसार स्थानिय तहले यो कार्यक्रमको संचालन गरेको उल्लेख गरे । 


प्रतिष्ठानका संयोजक खिम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष मनराज गुरुङ, २ का वडाध्यक्ष जगत् बहादुर गुरुङ ,४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ , ५ का वडाध्यक्ष दीर्घ बहादुर थापा ,९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ ,कार्यपालिका सदस्यद्धय भरत लामगादे ,कुल बहादुर भुजेल ,जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का अध्यक्ष डिल बहादुर थापा लगायतले आदिवासी जनजातीहरु राजनीतिक हिसाबले अगाडी बढ्दै गरेको भए पनि अन्य क्षेत्रमा पछाडी नै रहेको बताए ।उनीहरुले सरकारले पठाएको जुनसुकै ठाँउ र विषयमा सक्षम र तयार हुनका लागि १५ दिने लोक सेवा कक्षा संचालन गरिएको बताउँदै दत्तचित्त भएर कक्षामा सहभागी हुन प्रशिक्षार्थीहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा स्वागत प्रतिष्ठानकी सदस्य तुलसी श्रेष्ठले गरेकी थिइन् भने सदस्य विमल जिसिले संचालन गरेका थिए ।

 

 

 


उक्त कक्षामा नगरभित्रका करिब १२४ जना आदिवासी जनजाति युवायुवतीहरु सहभागी छन् ।अघिल्ला बर्षमा नगरपालिकाले संचालन गरेको कक्षामा बढीमा २० देखि ३० जनाको सहभागीता रहने गरेको थियो । कक्षा आगामी बैशाख १८ गतेसम्म विहान ८ बजे देखि १० बजेसम्म नगरपालिकाको सभा हलमा संचालन हुने छ । उक्त कार्यक्रममका लागि नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रतिष्ठानका संयोजक एवं नगर प्रवक्ता खिम कुमालले जानकारी दिए ।