आजको मिती : २०७५ श्रावण ५ शनिबार

समय :०९:१०

Logo

राष्ट्रिय

Image

दुलेगौँडामा नेतुत्व विकास तथा उद्घोषण तालिम सुरु

दुलेगौँडा :- तनहुँको शुक्लागण्डकी-४,दुलेगौँडा भिमसेन टोलमा आइतबार देखि पाँच दिने नेतृत्व तथा उद्घोषण तालिम शुरु भएको छ ।महिलाहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उन्नतिशील आमा समुहको आयोजना र शुक्लागण्डकी वडा नं ४ को आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिकी सदस्य दिव्यश्वरी वि.क ले संसारको सृष्टी गर्न सफल महिलाहरु अब घरायसी कामसंगै समाजको नेतृत्व गर्न अगाडी आउनु पर्ने बताए । उनले  महिलाहरु शक्तिशाली भए पनि कमजोर रुपमा प्रस्तुत हुन गरेकाले पछाडी परेको भन्दै दरो आत्मविश्वास लिएर सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिइन् ।
कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर गुरुङ ,रोजिना खातुन ,महिला उद्यमी संघ तनहुँकी उपाध्यक्ष देवी न्यौपाने , संचारकर्मी एवं प्रशिक्षक राज कुमार आले , राजन उपाध्याय, भिमसेन टोल विकास संस्थाका अध्यक्ष खिम नारायण श्रेष्ठ लगायतले तालिम अवधीभर नियमित कक्षामा सहभागी हुन सुझाव दिदैँ सिकेको कुरालाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।
आमा समुहकी अध्यक्ष झ्याम कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान् अध्यक्ष लालु माया ढुङ्गानाले स्वात र सचिव रजनी थापाले कार्यक्रमको संचालन गरेकी थिइन् । तालिममा २५ भन्दा बढी महिलाको सहभागीता रहने छ । वडा ले तामिल संचालनका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।