आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:३६

Logo

खेलकुद

Image

7 "A"साईड फुटबल प्रतियोगीताको उपाधि खैरेनीलाई

दुलेगौँडा :- तनहुँको खैरेनीटारमा जारी 7 "A" साईड फुटबल प्रतियोगीताको उपाधि खैरेनीटार युवा क्लबले उचालेको छ । सोमबार भएको फाइनल खेलमा पाटन युवा क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गदै खैरेनीले उपाधि उचालेको हो । विजेता  खैरेनी युवा क्लबले नगद २० हजारको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता पाटनले १० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता र उप विजेतालाई लिभिङ्ग विथ आईसीटी का सह सम्पादक शिब बस्नेत ,मुख्य प्रायोजक केशर बहादुर थापा , क्लबका अध्यक्ष सुगम थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

हाम्रो नारा कुलत र विसङ्गगती बाट टाढा भन्ने उदेश्यले शुक्लागण्डकी ६ भुरुङ्गगे स्थित द राईजिङ्ग युनाईटेड युवा क्लबले आयोजना गरेको प्रतियोगीता जि .पी कोइराला श्वास प्रश्वास प्रतिष्ठानको खेल मैदानमा सम्पन्न भएको हो । बैशाख १० गते बाट सुरु भएको प्रतियोगीतामा ३० टीमको सहभागीता रहेको थियो । क्लबका अध्यक्ष सुगम थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तmव्य क्लबका सल्लाहार जितेन्द्र सुन्चौरी र सञ्चालन प्रकाश ढकालले गरेका थिए ।