आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:४०

Logo

स्थानीय

Image

भिमाद जिदीखोलाका मृगौला पिडित रानालाई मगर संघ शुक्लागण्डकीको आर्थिक सहयोग

बैशाख २५ ,दुलेगौँडा ।

तनहुँको भिमाद नगरपालिका वडा नं-७, जिदीखोलास्थित सिम्लेका मृगौला पिडित भरत रानालाई मंगलबार आर्थिक सहयोग गरिएको छ । विगत ६ बर्ष देखि मृगौलाका पिडित ४२ बर्षिय रानालाई एक कार्यक्रममा गरी नेपाल मगर संघ शुक्लागण्डकी नगर कार्य समितिले ४५ हजार १ सय ५ रुपैयाँ  सहयोग गरेको हो । समितिले चलाएको सहयोग अभियानमा एकान्त कुना लाङघाली मगर समाजले ५ हजार , शेराटार मगर समाजले ४ हजार १ सय ५ ,भुरुङ्गे मगर समाजले ९ हजार २ सय ,दुलेगौँडा बेलचौतरा मगर समाजले ३ हजार , चिल्लेचौर मगर समाजले २ हजार ,भोटेपानी मगर समाजले २ हजार ५ सय , प्रथम शहीद लखन थापा मगर समाजले २ हजार ५ सय, खैरेनीटार मगर समाजले ५ हजार ,नर्सरी मगर समाजले ३ हजार ५ सय र अन्य व्यक्तिगत  सहयोग ८ हजार ३ सय गरी उक्त रकम संकलन गरिएको थियो । उक्त रकम समितिका अध्यक्ष खड्क सि ंथापाले रानालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले रोगसंग विचलित नभई आत्मविश्वास लिएर डाक्टरको सल्लाह अनुसार स्वास्थ्यमा ध्यान दिन सुझाव दिर्दै रानाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।त्यस्तै जिल्लसा सदस्यद्धय मन बहादुर थापा , चन्द्रा थापा ,नगर समितिकी उपाध्यक्ष होम माया थापा ,सचिव सुमन आले लयायतका उपस्थित पदाधिकारीहरुले रानालाई सकात्मक सोचाई राखेर उपचारमा लाग्न आग्रह गर्दै आवश्यक परेमा आगामी दिनमा पनि सहयोग गर्ने आश्वासन दिएका थिए । 

 

 

६ बर्ष अघि वैदेशिक रोजगारीको शिलशीलामा कतार पुगेका राना अवस्थ भएपछि घर फर्किएका थिए । स्वास्थ्य समस्या भइरहेपछि स्वास्थ्य जाँच गर्दा दुवै मृगौलामा खराबी देखिएको थियो । डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गरेका थिए । केहि बर्ष स्थिर रहेको समस्या गएको पुष देखि जटिल बन्दै गएको रानाले बताए । हालसम्म रानाको उपचारमा ४/५ लाख खर्च भइसकेको छ ।यस अघि पोखरास्थित फिस्टेल र चरक अस्पतालमा डायोलोसिस गर्दै आएका रानाले यसै महिना देखि जिल्ला अस्पताल दमौलीमा डायोलोसिस गर्न थालेका हुन् ।

 रानाले हाल हप्तामा दुई पटक जिल्ला अस्पताल दमौलीमा डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस निशुल्क भए पनि रगत तथा अन्य औषधीको खर्च एक पटकमै ५ हजार बराबर आउने गरेको रानाकी श्रीमती मैना रानाले बताइन् ।गत पुष देखि नियमित डायोलोसिस गर्दै आएका रानालाई बेलाबेलामा शरीर सुनिने ,सास फेर्न गाह्रो हुने ,तौल घटबढ हुने समस्याले सताउने गरेको छ । रानाका ३ छोरी र १ छोरा छन् भने ८८ बर्षिय र ८५ बर्षिया वृद्ध बुवाआमा छन् ।मृगौला प्रत्यारोपणका लागि पहल भइरहेको तर पैसा नपुगेकाले समस्या भएको भन्दै उनले सवैसंग सहयोगका लागि अपिल गरेका छन् ।