आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:३९

Logo

स्थानीय

Image

शुक्लागण्डकीका जनप्रतिनिधि सिक्किममा,गान्तोक नगरपालिकाको उपमेयरसंग कृषि तथा फोहोर व्यवस्थापनका विषयमा छलफल 

बैशाख २५ ,दुलेगौँडा ।

शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि र सिक्किम स्थित गान्तोक नगरपालिकाको उपप्रमुख लासी डोमा भुट्टियाबीच मंगलबार कृषि,पर्यटन तथा फोहोर व्यवस्थापनका विषयमा छलफल भएको छ। सिक्किम भ्रमणको अवसरमा शुक्लागण्डकीका जनप्रतिनिधिहरुले त्यहाँको उपमेयर र डिपुटी कोम्मिसनर सोनम छोपेलसंग भेट गरेका हुन् । शुक्लागण्डकी नगरपालिकाकी उप मेयर सविता रसाइलीको नेतृत्वमा कार्यकारी अधिकृत काशीराम गैह्रे ,वडा नं १, ३, ६,७ र ९ का वडा अध्यक्षहरु रविचन्द्र पौडेल ,राम कुमार श्रेष्ठ ,कृष्ण बहादुर पौडेल ,राम बहादुर क्षेत्री थापा , लोक नारायण श्रेष्ठ  लगायत गरी ९ सदस्य टोली सहभागी भएका थिए । सो अवसरमा कृषिमा आधुनिकिकरण ,उद्योग संचालन तथा फोहोर व्यवस्थापन गर्ने विधि र प्रविधिको प्रयोगबारे जानकारी एवं अवलोकनसंगै  छलफल गरिएको वडा अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिए । "गान्तोक नगरपालिकाले फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने र विशेष किसिमको मेसिन प्रयोग गरी कम्पोष्ट मल बनाएर सुलभ मुल्यमा कृषकलाई विक्री गर्दो रहेछ,-उनले भने-“आगामी आर्थिक बर्षमा उक्त मेसिन खरिदका लागि बजेट छुट्याउने सवै जनप्रतिनिधिले सोच बनाउनु भएको छ ।“ 

उक्त अन्तरक्रियात्मक कार्यक्रमको व्यवस्थापन गान्तोकका शिक्षा विभाग प्रमुख धन बहादुर श्रेत्रीले गरेका थिए ।यति बेला शुक्लागण्डकी नगरपालिकाको मेयर किसान गुरुङ, उपमेयर रसाइली सहित ३६ सदस्यीय प्रतिनिधि टोली सिक्किमको तीन दिने अध्ययन भ्रमणमा छन् । सिक्किमको पर्यटन विकास ,सिकिम तथा गान्तोक नगरपालिकाको परिचालन गर्ने पद्धती तथा दीर्घकालिन विकासबारे जानकारी लिने उद्देश्यले भ्रमणमा निस्किएको हो । भ्रमण टोलीले सो अवसरमा पुर्व सिक्किमको छाङ्गु पोखरी ,बाबा मन्दिर ,गान्तोकको एमजीमार्ग सहित सो क्षेत्र वरिपरीका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने भएका छन् ।