आजको मिती : २०७५ असोज ६ शनिबार

समय :१२:११

Logo

स्थानीय

Image

पोल ढलेपछि मध्यरात देखि शुक्लागण्डकी क्षेत्रमा विधुत सेवा अवरुद्ध

बैशाख २९ ,दुलेगौँडा।

शुक्लागण्डकी तथा भिमाद नगरपालिकामा गएराती देखि विधुत सेवा अवरुद्ध भएको छ । कास्कीको पोखरा लेखनाथ महा नगरपालिकास्थित पावर हाउसमा विजुलीको पोल ढलेकाले विधुत सेवा अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण लेखनाथ वितरण केन्द्र तालचोकका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार पोल ढलेर तार भुइमा लत्रिएकाले विधुत सेवा बन्द गरिएको छ ।  ७ बजे कर्मचारी तथा प्राविधिक आएपछि मात्र विजुली सुचारुका लागि काम थालिने उनले बताए  । मध्य रात देखि तनहुँको दुलेगौँडा ,खैरेनीटार, ढोरफिर्दी ,भिमाद लगायतको क्षेत्रमा विधुत सेवा अवरुद्ध भएको थियो । केहि दिन यता ह्वातै गर्मी बढेको र यहि बेला विजुली नआएपछि सेवाग्राहीहरु मर्कामा परेका छन । रातमा गर्मीले निदाउन समेत नसकेको स्थानिय बताउँछन् ।