आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:५४

Logo

स्थानीय

Image

नेपाल मगर संघ भिमाद अध्यक्षमा : पवित्रा

शिव आले मगर , वैशाख २९ दुलेगौँडा :- 

नेपाल मगर संघ भिमाद नगर कार्यसमितीको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले पवित्रा थापा मगरको अध्यक्षतामा १५ सदस्य समिती सर्वसम्मत गठन गरेको छ । समितिको उपाध्यक्षमाद्धय बेलमाया आले मगर ,मनमाया आले मगर , सचिवमा चुत्र बहादुर थापा मगर ,कोषध्यक्षमा रो माया थापा मगर चयन भएका छन्  । त्यस्तै सदस्यहरुमा सन्तोष थापा मगर ,सुुशिला थापा मगर , विष्णु थापा मगर ,बोम बहादुर थापा मगर ,धन माया राना मगर ,सनिता थापा मगर , रेनकला थापा मगर र धन बहादुर थापा मगर रहेका छन् । सह सचिव र एक सदस्य आगामी बस्ने पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गदै भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापाले जातिय भाषा,संस्कृतिको संरक्षणसंगै मगरहरु आत्मनिर्भर बन्नु पर्ने बताए । उनले परम्परागत रीतिरिवाजलाई संरक्षण मात्र गरेर नहुने भन्दै प्रवद्र्धन र विकास गरी आम्दानीको श्रोतको माध्यम बनाउनु पर्ने बताएका हुन्  ।

मेयर थापाले मगर भाषा पाठशाला संचालनमा ल्याउनु पर्ने आवश्कता औल्याउँदै निर्वाचित समितिले नेपाली ,अंग्रेजी भाषा र बेदलाई मगर भाषामा उल्था गरेर संचालन गर्न सक्ने प्रतिवद्धता जनाए सवै व्यवस्था नगरपालिकाले गर्ने उद्घोष गरेका थिए ।उनले भने हामी मगरहरुसंग भाषा ,संस्कृति ,रितिरीवाज र परम्परा सवै छ , तर हाम्रा सन्तान बोडिङ्ग पढ्न थाले, भर्ती हुन र विदेश जान मात्र थाले ।त्यसैले हामी आफ्नै पहिचान र सम्पतीबारे अनविज्ञ छौँ ।
उनले मगरहरुको भविष्य सुन्दर रहेको बताउँदै मगरको प्रतिनिधित्व गरेर मगरहरु पनि नीति निमार्णको तहमा पुगेकाले अब भाषिक पहिचान ,जनजातिको अधिकारका  लागि सडक आन्दोलन गर्न आवश्यक नरहेको बताए । उनले भने हामीलाई अब अधिकार प्राप्तिका लागि चरणवद्ध आन्दोलन गर्न जरुर छैन ।मगरहरु पनि नीति निमार्ण गर्ने  तहमा पुगेका छन् ,पुगेका छौँ । जुन पार्टीबाट प्रतिनिधित्व गरेको भए पनि मगरको अधिकार प्राप्तिका लागि सवै एक हुन आवश्यक छ ।

उक्तm अवसरमा आदिवासी जनजाति प्रतिष्ठान भिमादकी उपाध्यक्ष पवित्रा थापा मगर ,जिल्ला सदस्य लाल बहादुर थापा मगर , पुर्व अध्यक्षको तर्फबाट खड्क बहादुर थापा मगर , बौद्ध विहार भिमादका अध्यक्ष गोपाल सीं आले मगर , नेपाल मगर संघ भिमाद वडा नं ३ अध्यक्ष धन बहादुर थापा मगर , ५ का अध्यक्ष तुल बहादुर थापा मगर , लखन स्मुति क्लबका अध्यक्ष जिम राना मगर ,सञ्चारकर्मी शिब आले मगर लगायतले बोल्दै मगरहरु निर्णयक तहमा पुग्न आवश्यक रहेको भन्दै अब एकजुट भएर आप्नो मगर भाषा, कला, संस्कृति जर्गना गर्ने आवश्यक रहेको बताए । 
साबिक भिमाद गा।वि।स अध्यक्ष एवम् अधिवेशन संयोजक रि बहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन मगर संघ वडा नं ६ का उपाध्यक्ष संगिता राना मगरले गरेकी थिइन् ।