आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:५३

Logo

स्थानीय

Image

लागुऔषध प्रयोगकर्ता शुक्लागण्डकीका गुरुङ् जेल चलान ,३ जना धरौटीमा रिहा

दुलेगौँडा :- गत फागुनमा शुक्लागण्डकीका विभिन्न स्थानबाट लागु औषध सहित पक्राउ परेका ४ युवामध्ये एक जना जेल चलान भएका छन् भने तीन जना धरौटीमामा छुटेका छन । बेलचौतराबाट १ सय ३ थान लागु औषध सहित पक्राउ परेका २७ बर्षिय रबि गुरुङ जेल चलान भएका हुन् ।जिल्ला अदालत तनहुँले विहिबार गुरुङलाई जेल सजायको फैसला गरेको हो । गुरुङ समुहकै बेलचौतरा निवासी ३४ बर्षिय बिक्की ठकुरी ५ हजार धरौटीमा छुटेका हुन् । त्यस्तै खैरेनीटार प्रगतिटोलबाट ३७ थान लागु औषध सहित पक्राउ परेका शुक्लागण्डकी-६ ,खैरेनीटारका सनि थापा र सुचित्र गुरुङ पनि २/२ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।