आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२९

Logo

स्थानीय

Image

गाँउफर्कोदय मावि ढोरफिर्दीमा सदनात्मक हाजिरी जवाफ प्रतियोगीता

दुलेगौँडा ।

गाँउफर्कोदय माध्यमिक विद्यालय शुक्लागण्डकी-८,ढोरफिर्दीमा अतिरिक्त कार्यक्रम अन्र्तगत शुक्रबार सदनात्मक हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयका नेपाली तथा अंग्रेजी दुवै माध्यमका विद्यार्थीहरुलाई संयुक्त रुपमा चार सदनमा विभाजन गरी प्रतियोगीतामा सहभागी गराइएको थियो ।
प्रतियोगीतामा निलो सदन प्रथम र रातो सदन द्धितिय भएको थियो । विजयी विद्यार्थीहरुलाई शिक्षासेवी शिव शंकर बाँनियाले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै बाँनियाले गाँउफर्काेदयको विशेषता देखेर यस बर्ष विद्यार्थीहरु आकर्षित भएको बताए । उनले अब विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिएर अतिरिक्त कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिदैँ अगाडी बढाउनु पर्ने र विद्यालयलाई  नमुना विद्यालय बनाउनु पर्ने बताएका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक विमल प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक शिव प्रसाद तिवारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष कृष्ण रेग्मीको समेत उपस्थिति रहेको थियो ।