आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४४

Logo

स्थानीय

Image

पहिले तोकिएको ठाँउ भन्दा फरक ठाँउमा शुक्लागण्डकी वडा नं ९ को वडा कार्यालय भवनको शिलन्यास

शिव आले मगर ,वैशाख ३० दुलेगौाडा :- तनहुँको शुक्लागण्डकी वडा नं ९ को वडा कार्यालय भवनको आइतबार प्रदेश सांसद आशा कोइराला र शुक्लागण्डकी नगरपालिका मेयर किसान गुरुङ्गले संयुतm रुपमा शिलन्यास गरेका छन्  । लसुन गेडी भन्ने स्थानमा भवन निमार्ण गरिने सहमती गरिए पनि सुरक्षाको दृष्टिकोणले असुरक्षित  र सामुदायिक वन कार्यालयबाट उक्त स्थानमा भवन नबनाउन पत्र आएकाले  तोकिएको स्थान देखि करिब १०० मिटरको दुरीमा रहेको बट्टारी शुक्ला टोलमा भवनको शिलान्यास गरिएको छ ।
 
यस अघि पटक पटक भवन निमार्ण गर्ने विषयमा वडावासीबीच विवाद हुदै आएकोमा नियमित छलफलबाट लसुन गेडीमा वडा भवन निमार्ण गर्ने सहमती भएको थियो ।तर शिलान्यासको क्रममा पुगेका प्रदेश सांसद कोइराला,मेयर गुरुङ , वडा अध्यक्ष लोकनारायण श्रेष्ठ ,कार्यपालिका सदस्य गीता महत  वडा सदस्य दानु सापकोटा , दिल बहादुर थापा , नेकपा माओवादी केन्द्र शुकलागण्डकी नगर सहसंयोजक बुद्धि सागर रिमाल र स्थानियहरु सहितको टोलीले उक्त स्थान वडा भवन निमार्णका लागि उपयुक्त नभएको औल्याँदै बट्टारी शुक्ला टोलमा भवनको शिलान्यास गरिएको हो । अन्य अपाई पर्ने स्थानहरुलाई छिट्टै नगरपालिकाको पुन संरचना गरी सवैको पायक पर्ने स्थानमा समायोजन गर्ने सहमती गरिएको छ । उक्तm वडा भवन निमार्णको लागि प्रेम बहादुर रानाको नेतृत्वमा सन्तु ढकाल उपाध्यक्ष रहने गरि ११ सदस्यीय भवन निमार्ण समिति गठन गरिएको छ । उक्तm भवन १ वटा सभाहल सहित ६ कोठे हुने वडा सचिव विश्व बन्धु पौडेलले जानकारी दिएका छन् । ५० लाखको लागतमा बन्ने  भवन आगामी असार मसान्त सम्ममा सम्पन्न हुनु पर्नेछ ।
 
उक्त अवसरमा बोल्दै प्रदेश ४ की सांसद आशा कोइरालाले वडा भवन समयमै निमार्ण होस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी साउनबाट वडाको कामकारबाही संचालन गर्ने वातावरण बनाउन सुझाव दिइन् । उनले जिल्ला तथा केन्द्रबाट हुने काम अब वडा कार्यालयबाटै हुने भएकाले स्थानियहरुले पनि यसप्रति गर्व गरी निमार्ण सम्पन्न गर्न लाग्नु पर्ने बताइन् ।सांसद कोइरालाले वडा नं ९ शुक्लागण्डकीमा अमिल्दो संरचना भएको भन्दै छिट्टै नगरपालिकाको पुनसंचना गरी नमिलेको भु(भागहरुलाई दाँयाबाया गरी मिलाउने बताइन् । उनले बनभित्रको जमिन ,निमार्ण गर्न अप्ठ्यारो र सुरक्षाको हिसाबले पनि उपयुक्त नदेखिएकाले नयाँ ठाँउमा भवनको शिलान्यास गरिएको उल्लेख गर्दै पहिले निश्चित गरेको ठाँउमा किन शिलान्यास गरिएन भनेर अनावश्यक टिकाटिप्पणी नगर्न समेत वडावासीलाई आग्रह गरिन् ।
 

 
त्यस्तै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले भवन निमार्णको काम समयमै सम्पन्न गर्ने ढङ्गले काम अगाडी बढाउने बताए । उनले बन्न लागेको वडा भवन भुकम्प प्रतिरोधी हुने बताउँदै भवनको संरक्षणमा सवै वडावासीे लाग्ने विश्वास व्यक्त गरेका थिए ।वडा नं ९का अध्यक्ष लोक नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विश्व बन्धु पौडेलले गरेका थिए ।