आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५४

Logo

खेलकुद

Image

नगरपालिकाको आयोजनामा महिला दौड प्रतियोगिता सम्पन्न , प्रतियोगिता प्रति असन्तुष्टि 


ममता गुरुङ , जेठ ९ दुलेगौँडा । 
शुक्लागण्डकी नगरपालिकालाई पर्यटकिय रुपमा समृद्ध बनाउने उदेश्य सहित आयोजना गरिएको महिला दौड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । नगरपालिकाले महिला लक्षित कार्यक्रम अन्तर्गत आयोजना गरेको दौड प्रतियोगितामा उमेर अनुसार ३ समुह बनाएर धावकहरुलाई सहभागी गराइएको थियो ।
प्रतियोगिताको १६ देखी ३० वर्ष उमेर समुहमा शुनपा ७ की विष्णु लामिछाने, वडा न ११ की बुद्धिमाया वि.क. र सोही वडाकी दिपिका क्षेत्री क्रमस प्रथम, द्धितीय र तृतीय भएका छन् । यस्तै सोही उमेर समुहमा वडा न ३ की सुजता पुँवर, वडा न ११ की रञ्जना भट्टराई र वडा न १० की विनिता विक सान्त्वना भएकी छन् । 
यस्तै ३१ देखी ५० वर्ष उमेर समुह तर्फ प्रथम वडा न ९ की शान्ती थापा, द्धितीय वडा न ९ की निरमाया सापकोटा र तृतीय वडा न ४ की लक्ष्मी पोख्रेल भएकी छन् । यस्तै सोही उमेर समुहमा सिता पौडेल, दिलमाया घर्ती र  दिपा तिवारी सान्त्वना भएका छन् । 
प्रतियोगितामा ५१ वर्ष माथिका उमेर समुहमा वडा न ६ की ५८ वर्षिया दिल कुमारी थापाले प्रथम स्थान हासिल गर्दा वडा न ९ की जौमाया गुरुङ्ग द्धितीय र  सोही वडाकी मसिनी माया श्रेष्ठ तृतीय हुन सफल भईन् । यस्तै उक्त उमेर समुहको दौडमा लिला कुमारी सापकोटा, तारा महत र फुलमाया सुनार सान्त्वना भएका छन् । 


प्रतियोगितामा तिन वटै उमेर समुहबाट प्रथम हुने ३ जनाले प्रमाण पत्र सहित  १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्दा द्धितीयले नगद ७÷७ र तृतीय हुनेहरुले नगद ५÷५ हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्त्वना हुने ९ जनाले महिला धावकहरुले भने २ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए । 
दौड प्रतियोगताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख किसान गुरुङ्गले प्रतियोगिता मार्फत महिलाहरुको अधिकार सुनिश्चित हुने बताए । उनले महिलाहरुलाई आफ्नो अधिकारको बारेमा सचेत बनाउन तथा नगरका गतिविधिहरुमा संलग्न गराउनको लागी प्रोत्साहन गर्ने उदेश्यले दौड प्रतियोगिता आयोजना भएको दावि गरे । 
यस्तै नगरपालिकाकी उपमेयर समेत रहेकी प्रतियोगितकी संयोजक सविता रसाइलीले  महिलाहरुलाई दौड तर्फ आकर्षित गरी क्षमता अभिबृद्धी गराउनको लागी प्रतियोगिता आयोजना गरिएको बताइन् । उनले विजेताहरुलाई बधाई दिदै नगरको पर्यटन प्रवद्र्धन गर्न र स्वस्थ्य रहनको लागी पनि दौड महत्वपूर्ण भएको बताइन् । 
दौड प्रतियोगिता नगरपालिकाको गेट बाट सुरु भई दुलेगौडा हर्कपुर मोटरमार्गको बेसारे गौडा, अमिली पानी, हरेचौर, तल्लो हटिया हुदै वडा न ३ को खुरखुरेमा टुङ्गिएको थियो । प्रतियोगिहिरुले करिव ४ किलोमिटर दुरी पार गरेका थिए । 

प्रतियोगीताप्रति नागरिक समाजकै असन्तुष्टि

नगरपालिकाले आयोजना गरेको उक्त दौड प्रतियोगीता विवाद रहित हुन सकेन । प्रतियोगीताका विषयमा सामाजिक सञ्जाल तथा चोक,टोल र भेटमा नगरपालिकाको आलोचना शुरु भएको छ । नागरिक समाजले नै उक्त कार्यक्रमलाई नागरिकले स्वीकार्न नसकेको जनाएको छ । शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले  महिला तथा बालबालिकाहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रम नतिजा मुखी नभएको बताए । उनले उक्त बजेट अन्य उपलब्धीमुलक कार्यक्रमहरुको लागी लगानी गर्न सकिने भए पनि दौड प्रतियोगिता राखिएको प्रति असन्तुष्टी व्यक्त गरे ।

त्यस्तै प्रतियोगीताप्रति असन्तुष्टी जनाउँदै  जिल्ला समन्वय समितीकी सदस्य सरस्वती गौतमले प्रतियोगिता पूर्ण रुपमा व्यवस्थित हुन नसकेको भन्दै असन्तुष्टी जनाइन् । त्यस्तै नगरवासी व्यवसायी विष्णु महतले नगरपालिकाको यो कार्य जनमुखी भन्दा पनि पैसा सक्ने भएको आरोप लगाए । उनले महिला लक्षित कार्यक्रम अन्र्तगतको बजेटले महिलाहरुको लागि स्वास्थ्य शिविर आयोजना गरेको भए उपयुक्त हुने बताए ।