आजको मिती : २०७५ श्रावण ३१ बिहीबार

समय :०७:१८

Logo

स्थानीय

Image

आफ्नो समुदायको भाषा लिपी संरक्षणमा जुटे भिमादका मगरहरु

दुलेगौँडा  :- तनहुँको भिमाद नगरपालिका भित्र बसोबास गर्ने मगर समुदाय आफ्नो  भाषा तथा लिपी संरक्षणमा जुटेका छन् । पछिल्लो समय मगर भाषा लिपी लोप हुने अवस्थामा पुगेपछि नेपाल मगर संघ भिमादले भाषा लिपी संरक्षण गर्ने उद्धेश्यले पाँच दिने तालिम शुरुगरेको छ । नेपाल मगर संघ भिमादको आयोजना र भिमाद नगरपालिकाको आर्थिक सहयोगमा जेठ २९ गते सम्म संचालन हुने तालिममा भिमाद नगर भित्र बसोबास गर्ने  ४० जना मगरहरुको सहभागि छ । प्रशिक्षार्थीहरुलाई मगर भाषा विज्ञ आदिवासी जनजाति महासंघ नवलपरासीका पुर्व अध्यक्ष कर्ण सुनारी मगरले प्रशिक्षण दिने छन् । 


शनिबार तालिमको उद्घाटन गर्दै भिमाद नगरपालिका वडा नं ९ का वडा अध्यक्ष इमान थापाले आफ्नो जातिय भाषा ,संस्कृति र संस्कार नै जातिय पहिचान भएकाले पहिचान जोगाउन भाषा तथा संस्कृतिको संरक्षण गर्नु पर्ने बताए । उनले नेपालका प्रथम शहीद लखन थापाको बलिदानीलाई  स्मरण गर्दै देश निर्माणको निम्ती  जातिय आन्दोलनको सकारात्मक पक्षलाई सवैले आत्मसात् गरेर आफ्नो हक अधिकारको खोजी गर्नु पर्नेमा जोड दिए । वडाध्यक्ष थापाले आफ्नो भाषा, लिपी ,संस्कृति संरक्षण गर्ने कार्यले जातिय पहिचान र अधिकारको लडाईमा महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । 

त्यसै गरी लोकतान्त्रिक मगर संघ तनहुँका अध्यक्ष ऋषिराम राना मगरले  भाषा , कला र संस्कृतिको संरक्षण गर्न नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने बताए  ।आदिवासी जनजाति महासंघ भिमादका अध्यक्ष उमाकान्त श्रेष्ठले आफ्नो सन्तानलाई विदेशी भाषा सिकाउन अभिभावकहरु लागि परेको तर आफ्नो मातृ भाषा सिकाउन वेवास्त गर्ने गरेकाले जातिय पहिचान लोप हुन लागेको बताए । अब मातृभाषा सिक्न र सिकाउन सबै प्रयत्नशिल हुनु पर्ने धारणा व्यक्त गरे । त्यस्तै प्रशिक्षार्थी मैना थापा मगरले आफु तालिममा सहभागी हुन पाउँदा एकदमै खुशी लागेको बताउँदै सिकेको कुरालाई व्यवहारमा उतार्ने बताइन् ।उक्तm अवसरमा साविक भिमाद मगर संघका अध्यक्ष भक्त बहादुर थापा , गोपाल सीं थापा ,खड्ग बहादुर थापा ,रि बहादुर राना , कोषध्यक्ष रोमाया थापा मगर , प्रशिक्षार्थि यमकला थापा लगायतले आफ्नो भाषा ,कला , संस्कृति संरक्षण गर्दै मगर समुदायको हक अधिकारको लागि सबै एक भएर लाग्नु पर्ने बताएका थिए ।

 भिमाद बागटार मगरहरुले मौलिक कोराहा नुत्य प्रस्तुत गरी उपस्थित हरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाल मगर संघ भिमादका अध्यक्ष पवित्रा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुशीला थापा मगरले र कार्यक्रमको सञ्चालन सचिव चुत्र बहादुर थापा मगरले गरेका थिए ।