आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०४:५०

Logo

स्थानीय

Image

गाउँ फर्कोदय माविका भूतपूर्व विद्यार्थीहरुको पूनर्मिलन कार्यक्रम सम्पन्न 


ममता गुरुङ 
जेठ २६,दुलेगौँडा । 

शुक्लागण्डकी ८ ढोरफिदीमा रहेको गाउँ फर्कोदय माविका भूतपूर्व विद्यार्थीहरुको पूनर्मिलन कार्यक्रम जङ्गल पार्क रिसोर्टमा शनिबार सम्पन्न भएको छ । वि.सं २०४५,४६ र ४७ सालमा एसएलसी दिएका विद्यार्थीहरुबीच पुर्नमिलन गरिएको हो । उक्त अवसरमा लामो समयपछिको भेटमा  विद्यार्थीहरुबीच परिचय ,पेसा व्यवसाय एवं तत्कालिन समयमा विताएका पलहरु एक आपसमा साटासाट गरेका थिए । 

सोहि अवसरमा दोण राज महतको संयोजकत्वमा गाउँ फर्कोदय मावि पूर्व विद्यार्थी समुह गठन गरिएको छ । समुहको सचिवमा हरि बहादुर थापा ,कोषाध्यक्षमा जोशिला थापा, र सदस्यहरुमा दया शंकर गौतम,लोक नारायण श्रेष्ठ,मिना सिग्देल,गोपी महत चयन भएका छन् भने कृष्ण पौडेल पि के सल्लाहाकारमा चयन भएका छन् ।
सो अवसरमा शुक्लागण्डकी वडा नं ९ को वडा अध्यक्षमा निर्वाचित भएकोमा लोक नारायण श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।दोण प्रसाद महतको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।