आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५१

Logo

मनोरञ्जन

Image

भिमादमा चलचित्र मिझार प्रदर्शन हुने

शिव आले मगर , दुलेगौँडा :- तनहुँको भिमादमा मगर संस्कृतिमा आधारित चलचित्र मिझार प्रदर्शन हुने भएको छ । यहि जेठ ३० गते बुधबार उधोग वाणिज्य संघको हल भिमादमा बिहान ११ बजे र मध्यान्ह २ बजे गरि २ शो हुने भएको हो । बिहान ११ बजे मगर भाषा र २ बजे नेपाली भाषामा पनि प्रदर्शन गरिने भएको छ ।

 

नेपाल मगर संघ भिमाद नगर कार्य समितिको व्यवस्थापनमा नव गठित मगर संघ भिमादलाई आर्थिक रुपमा बलियो र मगर संस्कृति र भाषाबारे नयाँ पुस्तामा जानकारी गराउने उदेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको अध्यक्ष पवित्रा थापा मगरले जानकारी दिइन् ।

 

मगर जाति, परम्परा र संस्कृतिमा आधारित चलचित्र मिझारले एक ग्रामीण क्षेत्रमा जन्मिएर गायन क्षेत्रमा प्रवेश गदै गर्दा भोगेको संघर्ष  र प्रेम तथा सामाजिक कथालाई चलचित्रमा समेटिएको छ ।गोरखाको मनकामना ,तनहुँको आँबु खैरेनी ,पोखरा र काठमाडौँको सुन्दर ठाउँहरुमा चलचित्रको छायाँकन गरिएको छ । १२ लाखको लगानीमा निर्माण गरिएको चलचित्रमा डुपा साली ,धेरै धेरै खुशी छु म ,घुम्दै फिदैँ लगायत गरि  ५ ओटा गीत समावेश छन्। सन्तोष पीठाकोटे मगरको कथा लेखन निर्देशन तथा छायाँकन रहेको फिल्म म्याक्सन फोर एस प्रोडक्शनमा बनेको हो ।चलचित्रको निमार्ण मिवाच पिठाकाटे मगर ,सरस्वती पिठाकोटेमगर ,सुशान्त पिठाकोटे मगर र किरण पुन मगरले संयुतm रुपमा गरेका हुन् । चलचित्रमा अनिता राना मगर ,रमेश बाबु थापा मगर ,बिनु रामझाली ,मोनिका थापा ,बाबुलाल थापा लगायत कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा लक्ष्मण गुरुङ्गको कोरीयोग्राफी , राजु राईको द्धन्द्ध रहेको छ ।

 


मिझारले यसअघि दमौली ,दलदले ,बुटवल ,पोखरा लगायत ठाउँको प्रदर्शनबाट दर्शकहरुको मन जित्न सफल भएको थियो ।