आजको मिती : २०७५ मङ्सिर ४ मंगलबार

समय :०२:१०

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा नेतृत्व विकास र मगर भेषभुषा बुनाई तालिम समापन

जेठ २९,दुलेगौँडा ।
नेपाल मगर संघ शुक्लागण्डकीको आयोजना र शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा संचालित आठ दिने नेतृत्व विकास तथा पन्ध्र दिने मगर भेषभुषा बुनाई तालिम संयुक्त रुपमा सोमबार समापन गरिएको छ ।शुक्लागण्डकी नगरपालिकाको जनजाति लक्षित कार्यक्रम अन्र्तगत मगर समुदायको लागि महिला तथा युवा नेतृत्व विकास र मगर भेषभुषा बुनाई तालिम संचालन गरिएको थियो । 
तालिमको समापन गर्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरले आदिवासी जनजातिहरुलाई राजनीतिक दलहरुले खेलौना बनाएको आरोप लगाए । उनले राजनैतिक दलहरुले आयोजना गर्ने हरेक कार्यक्रममा आदिवासी जनजातिहरुको भेषभुषा र संस्कृति प्रस्तुतीको आधारमा फाइदा लुट्ने तर आदिवासी जनजातिको भाषा तथा संस्कृति संरक्षणमा वेवास्ता गर्ने गरेको आरोप लगाएका हुन् । अध्यक्ष थापाले आदिवासी जनजातिहरुलाई अब राजनीतिक दलको खेलौना नबन्न सचेत गराउँदै जनजातिको भाषा लिपी तथा संस्कृतिको संरक्षण गरी आयश्रोतको माध्यम बनाउनु पर्नेमा जोड दिए । उनले यो समयमा रहर, लहर र लोभको राजनीति गर्न नहुने भन्दै बाध्यताको राजनीति गर्नु पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ क्षेत्र नं-२ का अध्यक्ष इन्द्र बहादुर थापा, नेपाल मगर संघ तनहुँका सदस्य मन बहादुर पुन,नेपाल आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीका संयोजक खिम कुमाल, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष विमल जिसी भुजेल ,मगर संघ शुक्लागण्डकीका सल्लाहकार दल बहादुर पुन ,उपाध्यक्ष होम माया थापा ,चिल्लेचौर मगर समाजका अध्यक्ष याम बहादुर आले लगायतले अब आदिवासी जनजातिहरु भाषा,संस्कृति संरक्षणमा मात्र अल्झिन नहुने भन्दै अझ सचेत र सक्रिय बन्दै नीति निमार्णको तहमा पुग्न आवश्यक रहेको बताएका थिए । उनीहरुले लक्षित वर्ग अन्र्तगतको कार्यक्रमहरु संचालनका लागि योजना बनाउँदा र बजेट विनियोजन गर्दा संख्याको आधारमा गर्नु पर्ने बताएका थिए ।त्यस्तै प्रशिक्षक तथा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का सचिव रुद्र श्रीष मगर ,प्रशिक्षक सिर्जना राना मगर, कार्यक्रम संयोजक देवी थापा र चन्द्रा थापाले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न प्रशिक्षर्थीहरुलाई सुझाव दिएका थिए ।

सो अवसरमा बोल्दै भेषभुषा बुनाई तालिमका प्रशिक्षार्थीहरु देवी थापा र सविता थापाले सिकेको सीपलाई संरक्षण गर्दै व्यवसायिक रुपमा भेषभुषा बुनाई शुरु गर्ने बताएका थिए ।त्यस्तै नेतृत्व विकास तालिमका प्रशिक्षार्थीहरु तारा राना ,नविन थापा ,विपना थापा र अमर राज थापाले तालिम निकै उपलब्धीमुलक भएको भन्दै आगामी दिन अगाडी बढ्न हौसला तथा आत्मबल मिलेको बताएका थिए ।

 


सो अवसरमा भेषभुषा बुनाई तालिमतर्फ सहभागीमध्ये देवी थापा उत्कृष्ट र नेतृत्व विकास तालिमतर्फ ढोरफिर्दी मालेबगरकी विपना थापा उत्कृष्ट घोषित भए। उनीहरुलाई हौसला स्वरुप प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीको अध्यक्षमा निर्वाचित विमल जिसी ,सचिव सुमन आले ,सदस्य पुर्ण बहादुर आले र खैरेनीटार मगर समाजको अध्यक्षमा निर्वाचित हरि राम रानालाई सम्मान् गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।


नेपाल मगर संघ शुक्लागण्डकीको अध्यक्ष खड्क सिं थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष दान माया रानाले गरेकी थिइन् भने संचालन सचिव सुमन आलेले गरेका थिए । दुवै तालिममा गरी शुक्लागण्डकीका १२ वटै वडाबाट सय  जना भन्दा बढीको सहभागीता रहेको थियो । तालिम संचालनका लागि नगरपालिकाले १ लाख ५० हजार विनियोजन गरेको थियो ।