आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :०१:०८

Logo

स्थानीय

Image

अवैध रुपमा नदिजन्य वस्तु लोड गर्दै गर्दा आठ ट्याक्टर प्रहरीको नियन्त्रणमा

दुलेगौडा ।
शुक्लागण्डकी नरगपालिका वडा नं-५ र ८ को सिमाना लडन पुल मुनीबाट अवैध रुपमा ढुङ्गा गिटी बालुवा चोरी निकासी गरेको अवस्थामा आठ वटा ट्याक्टर नियन्त्रयणमा लिइएको छ । पुलमुनी ५ सय मिटर वरीपरी ढुङ्गा गिटी वालुवा  झिक्न निशेध गरिएको भए पनि गएको एक हप्ता देखि नियमित रुपमा अवैध ढङ्गले रातको समयमा समेत नदीजन्य वस्तुको उत्खलन गरिएको सुचना बाहिरीएको थियो ।  त्यसपछि जिल्ला प्रशासन तनहुँको निर्देशनमा इलाका प्रहरी कार्यालय बेलचौतराले  शनिबार लोड गरि राखेको माल सहित आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रित ट्याक्टरहरुबारे विस्तृत नखुलेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक श्रवण कुमार वि।कले बताए । उनले आइतबार नियन्त्रित ट्याक्टर जिल्लामा बुझाएर थप अनुसन्धानलाई अगाडी बढाउने बताए ।


यस घट्नामा जनप्रतिनिधिहरुको समेत संलग्न रहेको हुन सक्ने आशंका स्थानियले गर्न थालेका छन् । जनप्रतिनिधि आएपछि पनि अवैध रुपमा नदीजन्य वस्तुको अवैध निकासी हुनु दुखद पक्ष भएको बताएका छन् । त्यसै गरी वडा नं -८ का वडाध्यक्ष कृष्ण रेग्मीले अवैध रुपमा ढुङ्गा गिटी वालुवा झिकिएकोबारे आफुले खबर पाउने वित्तिकै नगरपालिका ,प्रहरी प्रशासन र जिल्ला समन्वय समितिमा जानकारी गराएको बताए । उनले वडा नं ८ र स्थानिय जनताले संधै अवैध रुपमा हुने नदिजन्य वस्तु निकासीको विरोद्ध गर्दै आएको बताए । उनले भने-"वडा नं-८ अवैध रुपमा हुने ढुङ्गा गिटी वालुवा उत्खलनको विरोद्धमा छ ,संधै हुनेछौँ । तर यहाँ प्रशासनकै मिलोमतोमा अवैध रुपमा चोरी निकासी हुने गरेको छ । दिउँसो प्रहरीले पक्रन्छ, साँझ छाड्दिन्छ अनि राती पुन अवैध रुपमा चोरी निकासी हुने गरेको छ ।"


पटक पटक एउटै समस्या दोहोरिनाले यो घट्ना शंकाको घेराभित्र रहेको उनले बताए ।जिल्ला समन्वय समिति जनप्रतिनिधि आइसकेपछि पनि कुनै सल्लाह नै नगरी आफु खुसी घाट खोल्ने ,ठेक्का दिने प्रवृत्ति देखिनु गलत भएको बताए । यसको सवै जिम्मा समन्वय समितिले लिनु पर्ने उल्लेख गरे । उनले नियन्त्रणमा लिइएका ट्याक्टरबाट विस्तृत अनुसन्धान गरी कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको माग समेत गरे ।
वडा नं ५ का वडा अध्यक्ष दिर्घ बहादुर थापाले आफ्नो वडाबाट कहिकतैबाट नदीजन्य वस्तुको उत्खलन नभएको भन्दै शुक्लागण्डकीमै प्राकृतिक सम्पदाको सवै भन्दा व्यवस्थित गरेको वडा अध्यक्ष आफु भएको दाबी गरे । आफुले वडाको कुनै पनि घाट नखोलेको र राज्यको सम्पत्ति दुरुपयोग गर्नेको विपक्षमा रहदै आएको बताए ।