आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:३५

Logo

स्थानीय

Image

नेवि संघ तनहुँद्धारा दमौलीमा मसाल जुलुस,प्रधानमन्त्रीको पुत्ला दहन

दुलेगौँडा ।

नेपाल विद्यार्थी संघ तनहुँले पेट्रोलियम पदार्थको मुल्यबृद्धी र बालकृष्ण ढुंगेलको रिहाईको विरुद्धमा मंगलबार साँझ दमौलीमा मसाल जुलुश निकालेको छ ।दमौली स्थित पार्टी कार्यलयबाट निस्केको ¥याली सफा सडक लाइन हुँदै  मेन चोकमा पुगी कोण सभामा परिणत भएको थियो । विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्दै पेट्रोलिय पदार्थको मूल्य वृद्धि फिर्ता गर्न र बालकृष्ण ढुङ्गेललाई कारबाही गर्न माग गरेका थिए भने प्रधानमन्त्री ओलीको पुत्ला दहन समेत गरेका थिए । 

उक्त कोण सभालाई सम्बोधन गर्दै  ने.बि संघ तनहुँका अध्यक्ष एवं नेपाली काङ्ग्रेस तनहुँका महाधिवेशन प्रतिनिधि चुडामणि खनालले  अदालत भन्दा माथि गएर सरकारले बालकृष्ण ढुङ्गेलको रिहाई गर्दा देशमा दण्डहिनता मौलाएको बताए । उनले जनताको काम गर्ने बाचा गरी वडाध्यक्ष जितेका घिरिङ गाउँपालिकाका -४ का वडा अध्यक्ष झक बहादुर कुमाल र वडा सदस्य शक्ति थापाले एक महिला माथि बलात्कार गरेको मुद्धा दर्ता भई सक्दा पनि प्रशासनले पक्राउ नगरेको भन्दै आक्रोश पोखेका थिए ।उनले भने -"आरोपित व्यक्ति खुलम खुल्ला रुपमा भाषण गर्दै हिडेको छ तर नालायक प्रशासनले पक्राउ गर्दैन ।"
अध्यक्ष खनालले अब पनि प्रशासनले बलात्कारका आरोपित वडाध्यक्ष  र कार्यवहाक वडाध्यक्षलाई समयमै पक्राउ गरी कानुनको कठघेरामा नल्याइए आफुहरुले नै ल्याएर कारागारमा उभ्याउने भन्दै प्रहरी प्रशासनलाई चुनौती दिए ।उनले काँग्रेसका वडाध्यक्षलाई लागेको झुट्टा मुद्धा फिर्ता लिएर रिहाई नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले एक एमालेले जितेको स्थानिय तहमा दिन डहाडै ढुङ्गा गिटी बालुवाको उत्खलन गरेर दशेको संरचना ध्वस्त बनाउने काम गरि रहदाँ पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै उनले भने-"नेपाल विद्यार्थी संघ सरकारको घोर भत्सर्ना गर्दछ ।"

 

 

¥यालीमा नेबि संघ तनहुँका सचिब बिमल गिरी, ने.बि संघका पुर्व केन्द्रीय सदस्य लक्ष्मी भक्त खनाल ,नेपाली काङ्ग्रेस तनहु जिल्ला सदस्य मोहन गिरि, ने.बि संघ केन्द्रिय सदस्य मिलन आले लगायत विभिन्न क्याम्पसका स्वबियु सभापति तथा इकाई अध्यक्ष ,क्षेत्रिय सभापतिहरु सहित करिब सय जना भन्दा बढी सहभागी भएको नेवि संघ तनहुँका सदस्य सुरज लम्सालले जानकारी दिए ।


यस अघि कोणसभा गर्ने क्रममा विद्यार्थी र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा परी नेविसंघ तनहुँका जिल्ला अध्यक्ष चुडामणि खनाल, सचिव विमल गिरी, क्षेत्रिय सभापति समुन थापामगर र पूर्व केन्द्रिय सदस्य लक्ष्मीभत्त खनाल घाइते भएको नेविसंघ प्रवक्ता हरि खनालले बताए ।यता प्रहरीले भने झडपमा कुनै पनि विद्यार्थी घाइते नभएको बताएको छ । प्रहरीले मशाल जुलुश खोस्न खोज्दा सामान्य धकेला धकेल भएको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए ।आन्दोलन दबाउन प्रहरीले लाठी चार्ज गरेको नेविसंघका जिल्ला अध्यक्ष चुडामणि खनालले आरोप लगाए ।