आजको मिती : २०७५ श्रावण ५ शनिबार

समय :०९:२९

Logo

राष्ट्रिय

Image

(Breaking News) रहेनन् वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटा

दुलेगौँडा ।वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ ।पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बेलुकी ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उपचारका लागि वेलायत गए पनि डाक्टरहरुले निको नहुने भनेपछि डाक्टर देवकोटा नेपालमा नै प्राण त्याग्ने भन्दै फर्कनु भएको थियो ।

त्यसपछि उहाँलाई न्युरो अस्पतालमा नै राखिएको थियो । गतहप्ता मात्र आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उहाँलाई हेलिकप्टरबाट गोरखा लगिएको थियो । डाक्टर देवकोटाकी ३ छोरी र श्रीमती छन् । डाक्टर देवकोटको निधन भएको समाचार सुनेपछि उहाँको शुभचिन्तकहरु अहिले अस्पताल पुगेका छन् । 

डाक्टर देवकोटको शवलाई श्रदाञ्जलीका लागि भोलि बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पताल बाँसबारीमा राखिने छ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उहाँको काज किरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।