आजको मिती : २०७५ श्रावण ५ शनिबार

समय :०९:२६

Logo

मनोरञ्जन

Image

शुक्लागण्डकी नर्सरीकी प्रगती पुन वुगी उगी डान्स आइडलको टप एटमा 

दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी-२ ,कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति एपि वान टेलिभिजनले सन्चालन गरेको वुगी उगी डान्स रियालीटी शोमा टप एटमा आफुलाई सुरक्षित गरेकी छिन् ।गएको हप्ता प्रगतिले उत्कृष्ट नृत्य संगै सवै भन्दा धेरै भोट ल्याएकी थिइन् । डान्स रियालीटी शोमा छनोट भई हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै तनहुँकी चेली प्रगती पुन मगरले  सानै देखि विभिन्न नृत्य प्रतियोगिताहरुमा सहभागी भई विभिन्न राष्टि«य तथा जिल्ला स्तरका उपाधिहरु उचालिसकेकी छिन् । अन्य सहभागीले भन्दा फरक प्रस्तुतीका साथ दशर्क तथा निर्णायकको मन जितेकी प्रगतीले यस अघि विभिन्न अफिसियल म्युजिक भिडियो तथा कभर गीतहरुबाट समेत पुरस्कारहरु हात पारेकी छिन् । 


उनै प्रगति पुनलाई वुगी उगी डान्स रियालीटी शोमा टप एट देखी अन्य चरणहरुमा उनको प्रस्तुती देख्न अव भोट गर्नुपर्ने हुन्छ । नृत्यमै नशा जमेकी प्रगतिले अन्य चरणहरुमा आफुलाई प्रवेश गराउन मोबाइलको म्यासेज बक्समा गई ०४ टाइप गरी ३५२२५ मा  म्यासेज गरी सहयोग गर्न सबै शुभेच्छुकहरु सामु आह्रवान गरेकी छिन् । 

त्यस्तै नेपाल बाहिर रहनुहुने शुभेच्छुकहरुले एपि वान टेलिभिजनकको एप डाउनलोड गरी भोटिङ् दिन सकिनेछ । भोट्ङ् लाइन आउदो बिहिबार साँझ ८ :३० वजे देखि शुक्रबार मध्यान १२ सम्म गर्न सकिने एपि वान टेलिभिजनले जनाएको छ ।

 
अवका चरणमा ५० प्रतिशत निर्णायकको र ५० प्रतिशत भोटको आधारमा छनोट प्रक्रिया अघि वढ्ने भएकाले सवैलाई आफ्नो भोट गरिदिन प्रगतिले आग्रह गरेकी छिन् । हरेक विहिबार साझँ ८ वजे र शुक्रबार साँझ ८ वजे प्रशारण हुने उक्त डान्स रियालिटी शोको विजेताले नगद रु। २० लाख र एक कार प्राप्त गर्नेछन् ।