आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :११:५९

Logo

स्थानीय

Image

सारडाँडा खानेपानी लाई तनहुँ समाज हङकङको करिब ४ लाख सहयोग , खानेपानीको काम सम्पन्न ७५ घर लाभान्वित

दुलेगौँडा :- तनहुँ समाज हङकङले भिमाद नगरपालिका–४ सारडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ३ लाख ८७ हजार ९ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम तनहुँ समाज हङकङका पूर्व अध्यक्ष एवम् नेपाल संयोजक भिम बहादुर गुरुङ्ग र निवर्तमान अध्यक्ष जङ्ग थापाले समितिका अध्यक्ष तारा सिंह आलेलाई बुधबार संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । उक्त रकम नविन थापा मगरको संयोजकत्वमा तनहुँबाट विभिन्न सिलसिलामा हङकङ पुगेका अन्य नेपालीबाट संकलित रकम हो । रकम हस्तान्तरण गर्दै गुरुङ्ग र थापाले रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । सन् १९९९ मा स्थापना भएको संस्था तनहुँ समाज हङ्गकङ्गले जिल्ला भित्र देखिएको विभिन्न समस्यामा सहयोग गदै आएको छ ।

करिब १५ लाखको लागतमा निर्माण सम्पन्न

खानेपानीको निर्माण पश्चात ७५ घर एक विद्यालय र स्वास्थ्य चौकी लाभान्वित भएका छन्  । उकतm आयोजना मधुरे गैह्रा सामुदायिक वन उपभोक्ता समितिले समेत ७ लाख , तनहुँ समाज हङकङ ३ लाख ८७ हजार ९ सय ६०,कोरियामा रहेका नेपालीहरुबाट ३२ हजार , स्थानिय होम बहादुर थापा बाट २५ हजार र जनश्रमदान बाट उतm आयोजना सम्पन्न भएको हो । पानी सारडाँडा बाट करिब ५ सय मीटरको दुरीमा रहेको मकैदीबाट लिफ्टीङ्ग प्रविधिबाट ल्याईएको हो । यस अघि त्यहाँका मानिसहरु १ घण्टाको दुरीमा पानी लिन जानु पर्ने बाध्यता रहेको थियो । आयोजना अन्तरगत ५ हजार क्षमताका ४ वटा ट्याङकी निर्माण गरिएको अध्यक्ष तारा सीं आलेले बताएका छन् । समितिका उपाध्यक्ष ज्याम बहादुर थापाले बाबु को पालो देखि देखेको सपना अहिले पुरा हुँदा ज्यादै खुशी लागेको जानकारी दिए ।