आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :११:५८

Logo

स्थानीय

खोलाले बगाउँदा भिमाद ८ सिम्लेका कुमाल बेपता

दुलेगौँडा :- तनहुँको भिमाद ८ मा खोलाले बगाउँदा एक जना बेपता भएका छन् । हिजो देखि वर्षाको कारण भिमाद र शुक्लागण्डकी नगरपालिकाको सिमाना भएर बग्ने क्याङ्गदी खोलाले बगाउँदा भिमाद ८ सिम्ले बस्ने  अन्दाजी ५५ वर्षिय यम बहादुर कुमाल बेपता भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दीएको  छ । पानी परिरहेको अवस्थामा सोमबार दीउँसो घरबाट ढोरफिर्दी तर्फ  हिँडेका कुमाल बेपता भएका हुन् । बेपता कुमालको खोजीकार्य  जारी  रहेको प्रहरीले जनाएको छ ।