आजको मिती : २०७५ श्रावण ५ शनिबार

समय :०९:३०

Logo

स्थानीय

Image

तनहुँ दुलेगौँडामा कारले ठक्कर दिदाँ एक महिला घाइते

असार २०, दुलेगौँडा ।

पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकीमा बुधबार दिउँसो किया कारले ठक्कर दिदाँ एक जना महिला घाइते भएकी छिन् । कारको ठक्करबाट शुक्लागण्डकी-४ दुलेगौँडा निवासी बर्ष ४५ बषिर्य शान्ति लम्साल घाइते भएकी हुन् ।उनको बायाँ घुडाँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते लम्सालको अहिले जि.पि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचार भइरहेको छ ।

 

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च ५९४३ नं को कारले बाटो काट्ने क्रममा लम्साललाई नगरपालिका गेट देखि करिब ५० मिटर माथि कारले ठक्कर दिएको हो । ठक्कर दिएर कार बाँयापट्टिको नालामा खसेको थियो । अहिले कार र चालक प्रहरीको नियन्त्रणमा छ ।उक्त क्षेत्रमा पछिल्लो समय अत्याधिक सडक  दुर्घट्ना हुन थालेको छ ।