आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२७

Logo

स्थानीय

Image

जीपले ठक्कर दिदाँ तनहुँको ढोरफिर्दी स्थित घोर्मेमा एक बालकको घट्ना स्थलमै मृत्यु

दुलेगौँडा २१, असार ।

तनहुँको शुक्लागण्डकी-९ घोर्मे स्थित भण्डारी कुनामा विहिबार जीपले ठक्कर दिदाँ एक  बालकको घट्ना स्थलमै ज्यान गएको छ । दुलेगौँडाबाट-साँखे जाँदै गरेको ग १ ज ५७६५ नं को जीपले स्थानिय ५ बर्षिय युवराज थापालाई ठक्कर दिदाँ थापाको घट्ना स्थलमै मृत्यु भएको हो । दुर्घट्ना पश्चात् स्थानियले क्षतिपुर्तिको माग सहित शव उठाउन दिएको थिएन । केहिबेर प्रहरी र स्थानियबीच धरपकड भएको थियो । 
इलाका प्रहरी कार्यालय बेलचोैतराका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि दमौली पठाइएको छ ।

जीप प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बेलचोैतराले जनाएको छ ।

पछिल्लो समय तनहुँमा सवारी दुर्घट्ना दिनहुँ जसो हुन थालेको छ । बुधबार मात्रै पृथ्वी राजमार्ग अन्र्तगत दुलेगौँडामा कारले ठक्कर दिदाँले दुलेगौँडाकी ४५ बर्षिय शान्ति लम्साल घाइते भएकी थिइन् ।