आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४४

Logo

मनोरञ्जन

Image

तनहुँकी प्रगति पुन वुगी उगी डान्स रियालीटी शोको टप फाइभमा

असार २८ ,दुलेगौँडा । 

तनहुँ शुक्लागण्डकी कोत्रे नर्सरीकी प्रगति पुन वुगी उगी डान्स रियालीटी शोको टप फाइभमा प्रवेश गरेकी छिन् ।गत शुक्रबार मध्यान्ह १२ बजेसम्म दर्शकले गरेको भोट र निर्णायकको मुल्याँकबाट उनी उत्कृष्ट भोट पाएर  टप फाइभमा परेकी  हुन् । एपि वान टेलिभिजनले सन्चालन गरेको उक्त  डान्स रियालीटी शोमा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै तनहुँकी चेली पुन मगरले आफुलाई अब्बल नृत्याङ्ग सावित गरेकी छिन् ।

उक्त शोको फाइनल चरण नजिकिदै जाँदा पुनलाई अघिल्लो चरण प्रवेशका लागि दर्शकको भोटको खाँचो छ । नृत्यमै भविष्य देखेकी प्रगतिले अन्य चरणहरुमा आफुलाई अगाडी  बढ्न  दर्शकको भोटको आवश्यक रहेको भन्दै सबै शुभेच्छुकहरुलाई भोट गर्न आह्रवान गरेकी छिन् ।

 

 

पुनलाई भोट गर्न ३५२२५ नम्वरमा ०४ लेखी म्यासेज गर्न सकिनेछ भने नेपाल बाहिर रहनेले एपि वान टेलिभिजनकको एप डाउनलोड गरी भोट गर्न सकिनेछ । भोटिङ लाइन बिहिबार साँझ ८ :३० वजे देखि शुक्रबार मध्यान्ह १२ सम्म गर्न सकिने एपि वान टेलिभिजनले जनाएको छ ।