आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४४

Logo

मनोरञ्जन

Image

तनहुँकी प्रगती बुगी उगीको फाइनलमा

दुलेगौँडा ।

तनहुँ शुक्लागण्डकी-२, नर्सरी- कोत्रेकी प्रगति पुन मगर नेपालको पहिलो डान्सिङ रियालिटी शो बूगी वूगीको फइनलमा पुग्न सफल भएकी छन् । बूगी वूगी अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपी वान एचडीबाट प्रशारण हुँदै आएको उक्त सो को शुक्रबार भएको फाइनलिष्ट सेलेक्सन एपिसोडमा फाइनलिष्टको रुपमा सेलेक्ट हुन सफल भएकी हुन् । प्रगतिसंगै कविता र सरोज पनि फाइनलिष्ट बन्न सफल भएका छन् ।  भोटिङको आधारमा रविन भुजेल भने सोबाट बाहिरीएका छन् ।

बुगी उगीमा सहभागी प्रगति पोखराको क्रिस्टल क्लज कृमा आबद्ध छिन् । उनले यस अघि पनि कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् ।फाइनलमा पुगेकी प्रगतिले आफूलाई भोट गरेर बुगी उगीको विजेता बनाउन आग्रह गरेकी छन् ।प्रगतिले आफ्नो प्रस्तुती मार्फत् दर्शकको मन जित्दै आएकी छिन् भने तनहुँको पहिचान दिएकी छिन् ।

बूगी वूगीको नेपाली संस्करणमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन । बूगी वूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा बिभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछ ।