आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०४:५१

Logo

खेलकुद

Image

राङ्गरुङ्गमा ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको भलिबल सँगै विविध सांस्कृतिक कार्यक्रम हुने

शिव आले मगर :-
भौगोलिक तथा प्राकृतिक सम्पदाले सुन्दर स्थल तनहुँको भिमाद नगरपालिका स्थित राङ्गरुङ्गमा महोत्सवको झल्को दिने गरी रमाइलो मेला हुने भएको छ । ग्रामिण पर्यटन प्रवद्र्धन तथा स्थानिय मौलिक संस्कृति एव खेलकुदको विकास गर्ने उद्धेश्यले राङ्गरुङ्ग युवा समुहको आयोजनामा हरितालिका तिजको अवसरमा विविध कार्यक्रमहरु हुने भएको हो । स्वस्थ्य समाजको निर्माण हाम्रो अभियान , संस्कृतिको संरक्षण हाम्रो उद्धेश्य भन्ने मुल नाराको साथ आयोजना हुने कार्यक्रम भाद्र २० गते देखि २९ गते सम्म संचालन हुने बुधबार राङ्गरुङ्गमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । 


उतm कार्यक्रममा साविक गाउँ तथा टोल स्तरीय भलिबल प्रतियोगीता , अन्तर आमा समुह तीज गीत प्रतियोगीता ,एकल नृत्य प्रतियोगीता, नेवार समुदायको लाखे नाच ,मगर तथा गुरुङ्ग समुदायको मौलिक कोराहा नृत्य , पञ्चेबाजा, कृषि प्रदर्शन , विभिन्न बाल उद्यान , छेलो तथा रिङ्ग हनाई लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछ ।  साथै राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको साँगितिक प्रस्तुति समेत रहने राङ्गरुङ्ग युवा समुहका अध्यक्ष एव्म कार्यक्रम संयोजक उज्जवल खनालले जानकारी दिए । उक्त मेलामा राङ्गरुङ्गको सुन्दर प्राकृतिक दृश्यको अवलोकनसंगै मनोरञ्जनात्मक प्रतियोगीताहरुमा रमाउन सकिने भएको छ । नौ दिन सम्म चल्ने उक्त कार्यक्रमलाई मिनी महोत्सवको रुपमा चर्चा गरिएको छ ।


कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगीतातर्फ प्रथम हुने टीमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय हुनेले ३३ हजार ३ सय ३३  रुपैयाँको साथमा शिल ,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्तवना हुने २ समुहले समान नगद ७ हजार ७ सय ७७ रुपैयाँ  र पमाण पत्र प्राप्त गर्ने आयोजकल जनाएको छ । प्रतियोगीतामा सहभागीताको लागि दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ । 

 

तीजको अवसरमा आयोजना हुने कार्यक्रममा मौलिक तिज गीतको संरक्षण गर्ने उद्धेश्यलले अन्तर आमा समुह तीज गीत प्रतियोगीता समेत आयोजना गरिएको छ । यसतर्फ प्रथम हुनेले नगद २५ हजार र द्धितीय हुने समुहले १५ हजार प्राप्त गर्ने छन् । दर्ता शुल्क २ हजार तोकिएको छ । 

 


साथै युवा पुस्तालाई लक्षित गरि हुने एकल नुत्य प्रतियोगीतामा प्रथम हुनेले ५ हजार र द्धितीय हुनेले ३ हजार पुरस्कार पाउने छ भने दर्ता शुल्क ५ सय राखिएको आयोजकले सो अवसरमा जानकारी दिएको थियो । राङ्गरुङ्ग युवा समुहको आयोजनामा हुने कार्यक्रम जय नेपाल आधारभुत विधालयको प्राङ्गगणमा हुनेछ । 


पत्रकार सम्मेलनमा बोल्दै भिमाद नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिमान श्रेष्ठले राङरुङबाट हराउँदै गएको संस्कृति र चलन युवा पुस्ता जर्गेना गरेको भन्दै यस अभियानमा सवै साथ दिनु पर्ने बताए ।उनले अब गाउँ गाउँमा बाटो घाटोको पहुँच पुगेको अवस्थामा उधमशील हुँदै आर्थिक विकासतर्फ लाग्न सुझाव दिएका थिए । 


त्यस्तै ९ नं का अध्यक्ष इमान बहादुर थापाले कार्यक्रम सफलताको कामना गदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यतm गरे । उनले मौलिक संस्कृति , खेलको विकासको लागि सबै एक जुट हुन पर्ने बताए । 


राङ्गरुङ्ग युवा समुहका अध्यक्ष एव्म कार्यक्रम संयोजक उज्जवल खनालले आप्नो भन्दा अघिको पुस्ताले रचेको इतिहास द्दोहोयाउन अहिलेको पुस्ताले चाहेको बताए । साथै खनालले भलिबल खेलसँगै , लोक संस्कृति र धेरै समय अघि देखि चलि रहेको मेला लाई जर्गेना गदै गर्दा सबैको साथ पाएको भन्दै अर्को वर्ष देखि महोत्सव गर्ने आँट आएको बताएका थिए । उक्त प्रतियोगीता २०७१ साल देखि भव्यताका साथ हुँदै आएको छ ।

 

गत वर्ष हरुमा पिपलडाँडा बार्खा र्फाम मुख्य प्रायोजक रहेकोमा यस वर्ष भने सोही स्थानका स्थानिय बासिन्दा समाजसेवी नेकपाका नेता धुवराज खनालका सुपुत्र निरोज खनाल , सरोज खनाल र उज्जवल खनाल द्दारा सञ्चालित  राङ्गरुङ्ग  भिलेज एण्ड रिर्साटका नामबाट आप्नो ठाउँको कला संस्कृति , खेल संरक्षण र समाजको बिकास गर्नुे पर्छ भन्ने उदेश्य राखि  मुख्य प्रायोजकको रुपमा रहि भलिबल तर्फको प्रथम पुरस्कार नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । 

 


उतm कार्यक्रमबाट भएको बचत रकमले खेलकुदको बिकास ,लागु पदार्थ दुव्र्यसनी न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम ,सामाजिक काम र जय नेपाल आधारभुत विधालयका छात्र ,छात्रा गरी २ जना असहाय , गरिब तथा जेहेन्दार विधार्थीको लागि छात्रवृति स्थापनार्थ खर्च गरिने आयोजकले जनाएको छ । कार्यक्रममा भिमाद नगरपालिकासँगै शुक्लागण्डकी र म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँबाट खेल प्रेमी ,संस्कृति प्रेमी दर्शकहरुको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ ।

 


राङ्गरुङ्ग भिलेज रिर्सोटमा भएको पत्रकार सम्मेलनमा संरक्षक विरु वस्याल कार्यक्रमकाृ बारे प्रष्टाएका थिए भने सचिव अमर रानाले कार्यक्रमको सञ्चालन गरेका थिए । साथै स्थानिय आमा समुह समाजसेवि , सहयोग दाताहरु लगायतको सहभागीता रहेको थियो । 

 

मनोरम दुश्य अवलोकन .........................


भलिबल प्रतियोगीता , अन्तर आमा समुह तीज गीत प्रतियोगीता ,एकल नुत्य प्रतियोगीताको साथमा नेवार समुदायको लाखे नाच ,मगर गुरुङ्ग समुदायको मौलिक कोराहा नुत्य , पञ्चेबाजा प्रदर्शन , कृषि प्रदर्शन , विभिन्न बाल खेलकुद कार्यक्रम , छेलो हनाई ,रिङ्ग हनाई तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसँगै मनोरम हिमशुङ्गखला दुश्य अवलोकन बाट समेत मनोरञ्जन लिन सकिनेछ । भिमाद नगरपालिकाको उच्च भागमा रहेको राङ्गरुङ्गबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै तनहुँ सँगै स्याङ्जा र कास्कीको विभिन्न भागहरु सहित सुर्य उदय, सुर्यास्त ,उत्तरतिर देखिने माछापुच्छ्रे ,धौलागिरी ,निलगिरी र अन्नपुर्ण हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने तनहुँको अधिकाँश दक्षिणी भाग,सेति नदी,क्याङ्दी तथा देशकै दोस्रो ठुलो मगर वस्ती रघु गाँउ समेत प्रष्ट देखिन्छ ।