आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०४:३७

Logo

स्थानीय

Image

नव प्रतिभा च्यामपियन २०७५ को अडिशन जारी

श्राउन २२ ,दुलेगौँडा ।
लुकेर रहेको नव प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यले नव प्रभात युवा क्लव शुकलागण्डकी-९ घारी मालेबगरले आयोजना गरेको नव प्रतिभा च्यामपियन २०७५ को अडिशन जारी छ । सोमबार तालवेँशी माध्यमिक विधालयमा भएको अडिसन बाट १८ जना प्रतिस्पर्धी छानिएका छन् । ३१ जना सहभागी मध्ये १० जना नृत्यमा र ८ जना गायनमा छनोट भएको क्लबका अध्यक्ष विक्रम कार्कीले जानकारी दिएका छन्  । 
त्यस्तै अरनिको आवासिय मा।वि दुलेगौँडामा भएको अडिशनमा ५७ जनाबाट  १७ जना नृत्य र गायनमा ४ जना छनोट भएका छन् ।  

यस्तै २३ गते दुलेगौँडा , २४ गते साँखे देउराली र २६ गते दमौलीमा अडिसन हुने आयोजकले जानकारी दिएको छ । उत्त कार्यक्रम निर्णयक रुपमा लोक तथा दोहोरी गायक शुवास गुरुङ र सुरज श्रेष्ठ निर्णयकको भुमिकामा रहेका थिए । रामदाम सुन चाँदी पसल मुख्य प्रायोजक र गुरुङ्ग मोवाईल पसल सह प्रायोजकको रुपमा रहेको छ । कार्यक्रममा प्रतिस्पर्धीले गायन , नुत्य ,क्यारीकेचर ,एक्टीङ्गग  प्रस्तुत गर्ने सक्ने छन् । प्रतियोगीताको विजेताले ३० हजार , द्धितीय हुनेले १५ हजार र तृतिय स्थान हासिल गर्ने ८ हजार कप ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्  ।