आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०४:५४

Logo

स्थानीय

Image

मृगौला पिडित रानालाई नेपाल मगर संघ भिमाद ईकाई नं ६ द्धारा आर्थिक सहयोग

दुलेगौँडा :- नेपाल मगर संघ भिमाद बजार ईकाई वडा नं ६ ले आईतबार भिमाद नगरपालिका  वडा नं ७ सिम्ले निवासी ४२ वर्षीय दूवै मृगौला पिडित भरत रानालाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ भिमाद बजार  वडा नं ६ का अध्यक्ष उम बहादुर थापाको अध्यक्षतामा मगर संघ भिमादको  भवनमा भएको एक कार्यक्रम बिच उपचारका  लागि रु ३०,००० रुपौया हस्तान्तरण  गरिएको हो । कार्यक्रममा मगर संघ भिमाद उपाध्यक्ष संगिता राना, मगर संघ नगरसमिति उपाध्यक्ष  बेल माया आले, पुर्व मगर संघ जिल्ला सदस्य बेल बहादुर थापा, पुर्व जिल्ला अध्यक्ष  झक सारु, नेपाल मगर संघ जिल्ला सदस्य लालु थापा मगर तथा भिमाद मगर संघ कार्यसमितिको   उपस्थिति रहेको थियो ।

 

उपस्थित महानुभावहरुले रानालाई आत्मबल बढाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए । ६ बर्ष अघि वैदेशिक रोजगारीको शिलशीलामा कतार पुगेका राना अवस्थ भएपछि घर फर्किएका थिए । स्वास्थ्य समस्या भइरहेपछि स्वास्थ्य जाँच गर्दा दुवै मृगौलामा खराबी देखिएको थियो । डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गरेका थिए । केहि बर्ष स्थिर रहेको समस्या गएको पुष देखि जटिल बन्दै गएको रानाले बताए । हालसम्म रानाको उपचारमा ४/५ लाख खर्च भइसकेको छ ।यस अघि पोखरास्थित फिस्टेल र चरक अस्पतालमा डायोलोसिस गर्दै आएका रानाले वैशाख देखि जिल्ला अस्पताल दमौलीमा डायोलोसिस गर्न थालेका हुन् ।

 


 रानाले हाल हप्तामा दुई पटक जिल्ला अस्पताल दमौलीमा डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस निशुल्क भए पनि रगत तथा अन्य औषधीको खर्च एक पटकमै ५ हजार बराबर आउने गरेको रानाकी श्रीमती मैना रानाले बताइन् ।गत पुष देखि नियमित डायोलोसिस गर्दै आएका रानालाई बेलाबेलामा शरीर सुनिने ,सास फेर्न गाह्रो हुने ,तौल घटबढ हुने समस्याले सताउने गरेको छ । रानाका ३ छोरी र १ छोरा छन् भने ८८ बर्षिय र ८५ बर्षिया वृद्ध बुवाआमा छन् ।मृगौला प्रत्यारोपणका लागि पहल भइरहेको तर पैसा नपुगेकाले समस्या भएको भन्दै उनले सवैसंग सहयोगका लागि अपिल गरेका छन् ।