आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

शहिद कृष्ण र लोटस बोडिङमा नव प्रभात च्यामपियनको अडिसन सकियो, २८ जना छानिए 


श्राउन २२ ,दुलेगौँडा ।
लुकेर रहेको नव प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यले नव प्रभात युवा क्लव शुक्लागण्डकी-९ घारी मालेबगरले आयोजना गरेको नव प्रभात च्यामपियन २०७५ को अडिशन जारी छ । बुधबार शहिद कृष्ण माध्यमिक विधालयमा कवासे र ढोरफिर्दी स्थित लोटस बोडिङ स्कुलमा अडिसन  सकिएको छ ।

अडिसन बाट २८ जना प्रतिस्पर्धी छानिएका छन् । शहिद कृष्णमा ३८ जना सहभागी मध्ये १५ जनालाई छनोट गरिएको हो । उक्त विद्यालयबाट अनुशा श्रेष्ठ ,विनित माल ,सिजन केसी ,झरना गौतम ,स्वस्तिका पाठक, पुजा सुनार, अस्मिता सुनार ,सजिता थापा ,अनिता सुनार, अनिशा सिंजाली मगर ,रोशनी गुरुङ्ग ,शंकर राना ,अञ्जु पुन, सविन सुनार, रचना थापा र निरज सुनार छनोट भएका हुन् ।

 

त्यस्तै लोटसबाट ३८ जना सहभागी भएकोमा १३ जना छनोट भएका छन् । छनोट हुनेमा बिनिसा पुन ,इशा परियार ,निश्मा पुन ,बबिता सुवेदी ,शारदा र अस्मिता ,दीपशिखा भट्टराई ,रजिना आले ,आशिस खत्री ,रिदम भट्टराई ,बाबुराम पराजुली ,नेहा पुन ,प्रसना थापा र विपिन थापा रहेको क्लबका अध्यक्ष विक्रम कार्कीले जानकारी दिएका छन्  । 

उत्तः कार्यक्रमको निर्णायकमा लोक तथा दोहोरी गायक शुवास गुरुङ र सुरज श्रेष्ठ  रहेका थिए ।विहिाबर २४ गते साँखे देउराली र २६ गते दमौलीमा अडिसन हुने आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा प्रतिस्पर्धीले गायन , नुत्य ,क्यारीकेचर ,एक्टीङ्गग  प्रस्तुत गर्ने सक्ने छन् । प्रतियोगीताको विजेताले ३० हजार , द्धितीय हुनेले १५ हजार र तृतिय स्थान हासिल गर्ने ८ हजार कप ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्  ।

रामदाम सुन चाँदी पसल मुख्य प्रायोजक रहेको छ । मिडिया पाट्नरमा रेडियो ढोरबाराही १०३.८ मेगाहर्ज रहेको छ ।