आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:३०

Logo

स्थानीय

Image

तनहुँ भिमादमा २४ औँ आदिवासी दिवस विविध साँस्कृतिक कार्यक्रम सहित मनाइयो( फोटो फिचर सहित)

श्राउन २४ ,दुलेगौँडा ।
तनहुँको भिमादमा पनि २४ औँ  विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ । अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित मनाइएको हो ।

कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापाले आदिवासी समुदाय भाषा कला संस्कृति रितिरीवाजमा धनी भएता पनि राज्यको प्रमुख अङ्गहरुमा पहुँच कमी भएको बताए ।  २०६२/६३ आन्दोलन पश्चात आदिवासीहरुको केहि मागहरु  सम्बोधन भएको भए पनि देश संघिय संरचनामा गएपछि अधिकार खोसिएको आरोप लगाउँदै सबै आदिवासी समुदाय आफ्नो हक अधिकारको लागि एक हुनुपर्ने बेला आएको बताए । मेयर थापाले भिमाद नगरपालिकामा आरक्षण खोज्दै हिड्नु पर्ने ,प्रतिस्पर्धात्मक रुपमा पछाडी परेर विदेशीनु पर्ने अवस्था नआउने बताउँदै अब आदिवासीहरु खुल्ला रुपमा प्रतिष्पर्धामा आउन सक्षम भएको बताए । 


आदिवासी जनजाति महासंघ तनहुँका पुर्व अध्यक्ष दिर्घ दरैले आदिवासीहरुको मुद्धामा  कान थुनेर बसेको सरकार लाई आफ्नो हक, अधिकारको लागि झकझकाउन यो दिवस मनाउने गरिएको बताए । साथै उनले तनहुँका अधिकाश स्थानिय तहमा आदिवासीले नै नेतुत्व गरेको बताउँदै  आगामि दिनमा  उनीहरुले आप्नो समुदाय प्रति कस्तो व्यवहार गर्छन भनेर हेर्ने बाँकी रहेको बताए । 


वरिष्ठ अधिवतmा सुरेन्द्र थापा मगरले कुनै पनि स्थानमा सबैभन्दा पहिला बसोबास गर्ने समुदाय नै आदिवासी भएको बताउँदै  आदिवासीहरुमा चेतनाको स्तर कमि भएकाले त्यसलाई सुधार गदै अगाडि बढ्नु पर्ने बताएका थिए । 

कर्यक्रममा भिमाद नगरपालिकाका उप मेयर शारदा खनाल ,वडा नं ८ का अध्यक्ष बुद्धिमान श्रेष्ठ , ७ को सुर्य कुमार श्रेष्ठ , ९ का इमान थापा लगायतले बोल्दै आदिवासी समुदाय शैक्षिक राजनैतिक रुपमा पछाडि परेको भन्दै अब अगाडि आउन पर्ने बताए । साथै हाम्रो कला संस्कृति भाषा रीतिरिवाज लाई पर्यटन सँग जोड्दै अगाडी बढ्नु पर्ने बताएका थिए । 


उतm कार्यक्रम आदिवासी जनजाति महासंघ भिमाद नगर ईकाइले पहिलो पटक आयोजना गरेको हो । औपचारिक कार्यक्रम सुरु हुन पुर्व भिमाद नगरपालिका सबै वडाबाट सहभागी समुहहरुले कौराहा ,सालैजो , लाखे नाच प्रस्तुत गदै नगरपालिका चोक बाट सुरु भएको याली सुवेदी चोक , कुमार चोक , क्याम्पस हुँदै भिमाद बजार परिक्रममा गरेको थियो  ।

उतm अवसरमा नेपालककै पहिलो डान्स रियालिटी शोको फस्ट रनरअप प्रगति पुन मगरलाई खादा र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

 


आदिवासी जनजाति महासंघ भिमादका अध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तmव्य उपाध्यक्ष पवित्रा थापा मगर र कार्यक्रमको सञ्चालन सचिव लाल बहादुर थापा मगरले गरेका थिए ।