आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :११:५९

Logo

स्थानीय

Image

प्रचार प्रसारका लागि ढोरबाराहीमा लघुरुद्री पाठ गरियो

ममता राना
श्रावण २४ ,दुलेगौँडा ।

शुक्लागण्डकी-९ ढोरबाराही मन्दिरमा सामुहीक लघु रुद्री पाठ गरिएको छ । प्रशस्त धार्मिक पर्यटनको संभावना भएर पनि अपेक्षित रुपमा पर्यटक भित्र्याउन नसकिएको उक्त मन्दिरको प्रचार प्रसार गर्ने उद्धेश्यले एक दिने लघु रुद्री पाठ गरिएको हो ।


सो कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सबिता रसाईलीले तनहुँकै प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरको बिकासको लागी नगरपालिकाले बजेट विनियनेजन गर्दै आएको र आगमाी बर्षहरुमा  पनि सक्दो सहयोग गर्ने बताईन् ।  यसैगरी  बाजस्थला टोल विकास संस्थाका अध्यक्ष खिम बहादुर विकले प्रचार प्रसारको कमिले पछि परेको यस मन्दिरलाई बिकास गर्ने उदेश्यले सामुहीक लघु रुद्री पाठ कार्यक्रम गरिएको बताए । साथै प्रचारप्रसारमा कसैको ध्यान नपुगेको प्रति गुनासो व्यक्त गरे । 


कार्यक्रमा बोल्दै वडा नम्बर-९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठले मन्दिरको स्तरोन्तिको लागी प्रचारप्रसारको निमित्त वडा बाट पहल भईरहेको जानकारी दिएका थिए ।साउन महिना लागेपछि बन्द गरिएको मन्दिर केहि दिनपछि खल्ने र नियमित पुजापाठ र बध गरिने बताइएको छ ।