आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:४०

Logo

अन्तराष्ट्रिय

Image

विस्थापित छ लाख सिरियाली घर फर्के

जेनेभा (स्विजरल्याण्ड) द्वन्द्वका कारण विस्थापित भएका छ लाखभन्दा बढी सिरियाली नागरिक अहिले आफ्नो घर फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) ले जनाएको छ । 
सन् २०१७ को सुरुवात देखि अहिले सम्म घर फर्किने मध्ये एलेप्पोका धेरैजना रहेको आइओएमले उल्लेख गरेको छ । 
जनवरीदेखि जुलाईको अन्त्य सम्ममा छ लाख दुई हजार सात सय ५९ जना आफ्नै घर फर्किएको आइओएमको तथ्याङ्क रहेको एक वक्तव्यमार्फत् जानकारी गराइएको छ । 
उनीहरूले छाडेका ठाँउहरूमा अहिले सुरक्षा अवस्था, आर्थिक वातावरण आदि सुध्रिएकाले आफूहरू घर फर्किएको उनीहरूले बताएका छन् । 
फर्किएका मध्ये ८४ प्रतिशतले अन्य देशहरूमा द्वन्द्वका कारण विस्थापित नागरिकको रूपमा शरणार्थी भएका थिए भने बाँकी १६ प्रतिशत छिमेकी मुलुकहरू टर्की, लेवनान, जोर्डन र इराकमा रहेका थिए । 
आइएओएमको विज्ञप्तिमा फर्किएकामध्ये एक चौथाई आफ्नो सम्पत्तिको सुरक्षाका लागि आएको बताएका छन् । त्यसैगरी यति नै संख्याका अरु विस्थापितहरूले आफ्नो वास्तविक ठाँउमा आर्थिक अवस्था सुधार हुने विश्वास लिएर फर्किएका छन् । बाँकी ११ प्रतिशतले भने सुरक्षा अवस्थामा सुधार भएकाले आफ्नै ठाउँ फर्किएको बताएका छन् ।