आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४४

Logo

स्थानीय

Image

साँसद सिग्देललाई जनज्योतिको स्वागत 

श्रावण २४ ,दुलेगौँडा ।

तनहुँ क्षेत्र नंं-२ का प्रतिनिधि सभाका साँसद  केदार सिग्देललाई जनज्योति क्याम्पस भिमादले सम्मान गरेको छ । सो अवसरमा सम्मान् ग्रहण गर्दै केदार सिग्देलले क्याम्पसको विकास र भौतिक प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष जित प्रकाश आलेले सांसद सिग्देललाई क्याम्पसको अवस्थाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा क्याम्पसका उपाध्यक्ष काजिमान श्रेष्ठ जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशव राज काफ्ले, सहायक क्याम्पस प्रमुख शिव दत्त चापागाई, क्याम्पस संचालक समितिका पदाधिकारी, क्याम्पस सल्लाहकार समिति  स्व.वि.यु सभापति सुनिल श्रेष्ठले स्वागत गरेका थिए ।