आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२६

Logo

मनोरञ्जन

Image

नव प्रभात च्यामपियन २०७५ को अडिशन जारी,शनिबार दमौलीमा हुदै

श्रावण २५ ,दुलेगौँडा ।

नव प्रभात च्यामपियन २०७५ को अडिशन जारी छ ।व्यक्तिमा लुकेर रहेको प्रतिभालाई उजागर गराउने गर्ने उद्धेश्यले नव प्रभात युवा क्लव शुक्लागण्डकी-९ घारी मालेबगरले उक्त च्यामपियनको आयोजना गरेको हो । यतिबेला आयोजकले तनहुँको विभिन्न विद्यालय तथा स्थानहरुमा अडिसन मार्फत् प्रतिष्पर्धी छनोट गरि रहेको छ । 

विहिबार आधारभुत माध्यमिक विद्यालय राईपुर साँखे र गाउँफर्काेदय मा.वि ढोरफिर्दीमा भएको अडिसन बाट २४ जना प्रतिस्पर्धी विभिन्न विद्यामा छानिएका छन् । 
आधारभुत मा.विबाट बिना वि.क ,सविना बराइली ,शिशिर थापा ,एक माया घिमिरे ,तेज माया घिमिरे ,पुनम परियार ,इन्दिरा क्षेत्री ,निर्मला वि.क ,किरण खत्री र कुशल पौडेल गरी ९ जना दोस्रो चरणका लागि छानिएका छन् ।

त्यस्तै गाउँ फर्काेदयबाट १५ जना छानिएका हुन् । छनोट हुनेमा आशिष घताने ,सुष्मा माकिन , जेन्स जुग जाली ,विश्वास पौडेल ,डायमण्ड क्रु ,ममता भुजेल ,विपना वि.क ,मिना थापा मगर ,विसलिना राना लगायत रहेको कार्यत्रम संयोजक अनिल घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार २६ गते शनिबार दमौलीमा अडिसन हुने भएको छ । 

अडिसनको निर्णायकमा लोक  तथा दोहोरी गायक याम सागर वि.क र सुरज श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा प्रतिस्पर्धीले गायन , नुत्य ,क्यारीकेचर ,एक्टीङ्गग  प्रस्तुत गर्ने सक्ने छन् । प्रतियोगीताको विजेताले ३० हजार , द्धितीय हुनेले १५ हजार र तृतिय स्थान हासिल गर्ने ८ हजार कप ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्  । उत्कृष्ट पोशाक र अनुशासित प्रतियोगीले दुई  हजार पाँच सय पाउने छन् ।

रामदाम सुन चाँदी पसल मुख्य प्रायोजकको रुपमा रहेको छ । मिडिया पाट्नरमा रेडियो ढोरबाराही रहेको छ ।