आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५०

Logo

मनोरञ्जन

Image

नव प्रभात च्याम्पियनमा ४१ जना प्रतिष्पर्धी छनोट

दुलेगौँडा ।

नव प्रभात च्याम्पियन २०७५ को छनोट चरणबाट ४१ जना प्रतिष्पर्धी छानिएका छन् । शनिबार दुलेगौँडा स्थित मगर समाज  भवनमा भएको कार्यक्रममा नृत्यमा २७ जना ,गायनमा १३ जना र क्यारीकेचरमा १ जना गरी ४१ जना  छानिएका हुन् ।


निर्णायकमा तराना म्युजिक सेन्टर पोखराका संचालक श्रीमान् थुलुङ र चाउ डान्स क्रिउ को संचालक सुजन श्रेष्ठ हाक्कु रहेका थिए । 


क्बलका अध्यक्ष विक्रम कार्कीका अनुसार भाद्र १६ गते क्लबको बार्षिक उत्सवको दिन  टप -ट्वान्टी प्रतिष्पर्धी छानिने भएको छ । कार्यक्रम घारी मालेबगरमै आयोजना हुने भएको छ । 


शनिबार भएको कार्यक्रममा लोक तथा दोहोरी गायक शंकर पन्तले प्रतिष्पर्धीहरुलाई निर्धक्क भएर प्रस्तुती राख्न सुझाउँदै प्रतिष्पर्धाबाट बाहिरिनु प¥यो भनेर आफ्नो कला तथा प्रतिभालाई मार्न नहुने बताए । उनले पारदर्शी ढङ्गले नतिजा दिन आयोजकलाई पनि आग्रह गरे ।