आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५३

Logo

मनोरञ्जन

Image

मिर्सा गाँउको चर्चा गीतमा 

भाद्र १०, दुलेगौँडा ।

पर्यटकीय सुन्दर गाँउ मिर्साको परिवेशलाई चित्रण गरिएको 'प्यारो मिर्सा गाँउ’ बोलको  गीत सार्वजनिक भएको छ। गाँउको प्रचार प्रसार गर्ने उद्धेश्यले वरिपरीको सुन्दर प्रकृति र पयंटक लोभ्याउने आकर्षक स्थलहरुमा गीतको छायाँङकन गरिएको छ । सो गीतमा प्रतिमा गुरुङको उत्कृष्ट शब्द र धन बहादुर गुरुङले म्युजिक ऐरेन्ज तथा संगीत भरेका छन् भने चर्चित गायिका निशा गुरुङले आवाज दिएकी छिन् ।

कमल बहादुर गुरुङको निर्देशनमा तयार पारिएको गीतमा कञ्चन गुरुङ ,मञ्जु गुरुङ र सीता गुरुङले मोडलिङ गरेका छन् । मिर्साको सुन्दर स्थलहरुमा छायाँकन गरिएको भिडियो गंगा बहादुर गुरुङले खिचेका हुन् भने प्रविन नेपालीको सम्पादन रहेको छ ।

 

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं-१ मा अवस्थित मिर्सा गाँउमा २०६९ साल देखि व्यवस्थित होमस्टे संचालन हुदै आएको छ । उक्त म्युजिक भिडियो मार्फत् गाँउको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थानिय मुनलाइट युथ क्लब ,शिल्दो आमा समुह र मिर्सा होकस्टे आमा समुहको लगानीमा म्युजिक भिडियो निमार्ण गरिएको हो ।
 

भिडियो हेर्न यो लिङक ओपन गर्नुहोला :- https://www.youtube.com/watch?v=s4_DtC-VctY