आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२८

Logo

खेलकुद

Image

ढोरफिर्दीमा सेभेन ए साइड फुटबल प्रतियोगीता हुने,विजेतालाई १ लाख बढी पुरस्कार

भाद्र १९,दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी ८ ढोरफिर्दी गणपतिमा १ लाख बढी धनराशीको खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगीता हुने भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा गणपति मैदानमा विविध कार्यक्रमहरु हुदै आएको छन् । भाद्र २१ ग्ते उद्घाटन हुने फुटबल प्रतियोगीताको २७ गते फाइनल हुने भएको छ ।  प्रतियोगीता सम्पन्न गर्नका लागि रमाइलो तीज मेला ढोरफिर्दी समिति नै गठन गरिएको छ ।

ढोरफिर्दीमा फुटबलको महाकुम्भ मेलासंगै खुल्ला तीज गीत प्रतियोगीता एवं ख्याती प्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुती रहने समितिका सचिव विपेन्द्र सेन ठकुरीले जानकारी दिए । उनले मोफसलमा रहेका युवा प्रतिभाशाली खेलाडीहरुको खेल कौशलता प्रर्दशन गरी युवाहरुमा उत्प्रेरणा जगाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य सहित हरेक बर्ष प्रतियोगीता आयोजना गरिएको बताए । " प्रतियोगीताले खेलाडीहरुमा अगाडी बढ्ने थप उर्जा र उत्प्रेरणा त थपिन्छ नै ,त्यति मात्र नभएर  गणपते खेलमैदानलाई प्रदेशस्तरीय  रंगशाला बनाउन संयुक्त पहल गर्न र प्रदेशको ध्यानाकर्षण गराउन पनि सहयोग पुग्छ-"उनले भने ।

वि.सं २०५२ साल देखि फुटबल प्रतियोगिता र तीज गीत प्रतियोगिता हुदै आइरहेको जानकारी दिदै सचिव ठकुरीले नेपाली मौलिक परम्परा जर्गेना गर्ने उद्धेश्यलले फुटबलसंगै तीज गीत प्रतियोगीतालाई निरन्तरता दिइएको बताए ।


फुटबलतर्फ विजेताले १ लाख १ हजार १ सय २१ रुपैया र  उप-विजेताले  ५५ हजार ६ सय ५५ रुपैयाको साथमा कप मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन् । उनका अनुसार  सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुनेछन् । 

त्यस्तै तीज प्रतियोगितातर्फ प्रथम हुनेले २५ हजार १ रुपैयाँ, द्धितिय हुनेले १५ हजार १ रुपैयाँ र तृतिय हुनेले ७ हजार १ रुपैयाँका साथै प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट भेषभुषा र नृत्यलाई ३ हजार १ रुपैयाँको दरले पुरस्कृत गरिने बताइएको छ ।  


वडाभित्रका २८ वटा टोल विकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगीताको विभिन्न आमा समुह तथा गाउँ फर्कादय माध्यमिक विद्यालय र शुक्ला जनसेवा युवा क्लब सहयोगी संस्थाको रुपमा रहेको छ ।