आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२९

Logo

खेलकुद

Image

ढोरफिर्दी कप सेभेन ए साइड फुटबल प्रतियोगीता आज देखि शुरु हुदै, पहिलो दिन ३ खेल हुने

भाद्र २१ ,दुलगौँडा ।

तनहुँको शुक्लागण्डकी-८,ढोरफिर्दी गणपतिमा १ लाख बढी धनराशीको खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगीता आज (विहिबार) देखि शुरु हुदै छ । प्रतियोगीताको दिउँसो १ बजे जिल्ला समन्वय समितिकी सदस्य सरस्वती गौतमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगीताको उद्घाटन खेलमा आयोजक शुक्ला जनसेवा युवा क्लब र तिव्यतियन युथ क्लब बीच हुने भएको छ । त्यस्तै दोस्रो खेलमा नमस्ते एक्सप्रेस काडमाण्डौ र सेति रिभर युथ क्लब डहरे भिड्दा अन्तिम खेलमा फिर्दी युनाइटेड क्लब र शुक्लागण्डकी युनाइटेड क्लब बी दुलेगौँडाबीच खेल हुने आयोजक समितिका सचिव विपेन्द्र सिं ठकुरीले जानकारी दिएका छन् ।गणपति मैदानमा हुने पहिलो खेल दिउँसो २ बजेबाट शुरु हुने बताइएको छ । खेल ६० मिनेटको हुनेछ ।  प्रतियोगीताको २७ गते फाइनल हुने भएको छ ।  

वि।सं २०५२ साल देखि फुटबल प्रतियोगिता र तीज गीत प्रतियोगिता हुदै आइरहेको जानकारी दिदै सचिव ठकुरीले नेपाली मौलिक परम्परा जर्गेना गर्ने उद्धेश्यलले फुटबलसंगै तीज गीत प्रतियोगीतालाई निरन्तरता दिइएको बताए ।


फुटबलतर्फ विजेताले १ लाख १ हजार १ सय २१ रुपैया र  उप(विजेताले  ५५ हजार ६ सय ५५ रुपैयाको साथमा कप मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन् । उनका अनुसार  सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुनेछन् । 

त्यस्तै तीज प्रतियोगितातर्फ प्रथम हुनेले २५ हजार १ रुपैयाँ, द्धितिय हुनेले १५ हजार १ रुपैयाँ र तृतिय हुनेले ७ हजार १ रुपैयाँका साथै प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट भेषभुषा र नृत्यलाई ३ हजार १ रुपैयाँको दरले पुरस्कृत गरिने बताइएको छ ।  


वडाभित्रका २८ वटा टोल विकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगीताको विभिन्न आमा समुह तथा गाउँ फर्कादय माध्यमिक विद्यालय र शुक्ला जनसेवा युवा क्लब सहयोगी संस्थाको रुपमा रहेको छ ।