आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२९

Logo

खेलकुद

Image

ढोरफिर्दीमा सेभेन ए साइड फुटबल प्रतियोगीता शुरु, आज ६ खेल हुदै

भाद्र २१ ,दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी-८,ढोरफिर्दी गणपतिमा आयोजित १ लाख बढी धनराशीको खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगीता विहिबार  देखि शुरु भएको छ ।उद्घाटन खेलमा आयोजक शुक्ला जनसेवा युवा क्लब सीलाई ३-० को गोल अन्तरमा पराजित गर्दै ज्याब्लिङ्ग युथ क्लब तिब्यतिन क्याम्प ढोरफिर्दी विजयी भएको छ । पहिलो हाफमा १- शुन्यको अग्रता लिएको ज्याब्लिङ्गले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा नमस्ते एक्सप्रेस काडमाण्डौ विजयी भएको छ । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा सेति रिभर युथ क्लब डहरेलाई ३-२ को गोल अन्तरले हराएको हो ।

अन्तिम खेलमा शुक्लागण्डकी युनाइटेड क्लब बी दुलेगौँडालाई सडनडेथमा ९-८ गोल अन्तरले हराउँदै फिर्दी युनाइटेड क्लब ढोरफिर्दी  अघिल्लो चरणमा प्रवेश गरेको छ । 
शुक्रबारबाट विहानै देखि  दिनभरमा ६ खेल खेलाइने कार्यक्रम संयोजक पिताम्बर खाँतीले जानकारी दिए ।प्रतियोगीतामा ३१ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगीताको फाइनल २७ गते हुने भएको छ । प्रतियोगीताको विजेताले १ लाख १ हजार १ सय २१ रुपैया र  उप९विजेताले  ५५ हजार ६ सय ५५ रुपैयाको साथमा कप मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुनेछन् । 

 

 

यस अघि कार्यक्रमको उद्घाटन गर्दे जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले ढोरफिर्दीमा हुने खेल तथा तीज मेलाले ढोर क्षेत्रको पहिचान बोकेको बताइन् । उनले सकारात्मक सोच बनाएर अनुशासित तथा मर्यादित भएर खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिदैँ तीज प्रतियोगीतामा महिलाहरुलाई सक्रिउ सहभागीता जनाउन आग्रह गरिन् ।


कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मी ,वडा नं ९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ, १० का वडाध्यक्ष रामचन्द्र भण्डारी ,इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक श्रवण कुमार वि।क, गाउँफर्कोदय मा।विका प्रधानाध्यापक अम्बिका घिमिरे ,समितिका सचिव विपेन्द्र सेन ठकुरी लगायतले प्रतियोगीतालाई नगरस्तरीय बनाउनु पर्ने बताउँदै प्रतियोगीताले ढोर क्षेत्रको खेलको महत्व दर्शाएको बताएका थिए ।


वडाभित्रका २८ वटा टोल विकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगीताको विभिन्न आमा समुह तथा गाउँ फर्कादय माध्यमिक विद्यालय र शुक्ला जनसेवा युवा क्लब सहयोगी संस्थाको रुपमा रहेको छ ।